माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त
735
काठमाडाैं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीवार बसेको बैंककाे ४९१ औ संचालक समितिको बैंठकले केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै रोशन केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४-०१-१४ देखि २०७५-०९-२० यसै बैंकका अध्यक्षमा रहेका थिए ।हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।