नागरिक पोष्ट News


कृषि पाठ्यक्रम प्रमाणीकरणकाे २ दिने कार्यशाला सम्पन्न

735

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला (Validtion Workshop) विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीकाे अध्यक्षतामा वानेश्वरकाे इन्देणी हाेटलमा सम्पन्न भएकाे छ ।

स्नातककाे पाठ्यक्रम प्रमाणीकरण सम्बन्धी २ दिने कार्यशालामा USAID, UGC, NARC, FOA, DOA, ICEMOD लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरुकाे उल्लेखनिय उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले पाठ्यक्रमलाई परिमार्जन गरिनुका साथै सैद्वान्तिक मात्र नभई अहिले व्यवहारिक (प्राक्टिकल) अध्ययनमा फाेकस गरेकाेले विद्यार्थीहरुकाे चाप बढेकाे बताउनु भयाे ।

कार्यक्रममा  कृषि र पशुपालन क्षेत्रका परम्परागत ज्ञान सिपलाई समेट्ने गरि वैद्विक कृषि पद्वति सम्बन्धि कृषि बारे पनि कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले धारणा राख्नु भएकाे र केही विषय Ecological Agriculture Course मा समेटिएकाेमा धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।

यस महत्वपूर्ण कार्यशालामा विद्यार्थी हरुले सरकारी जागिर मात्र नभई एउटा सफल उद्यमी बन्न सक्नु पर्ने, प्रविधिलाई जाेड दिनु पर्ने Floriculture Association Nepal का अध्यक्ष मीन बहादुर तामाङ्गले बताउनु भयाे  । उहाँले सत्रु किराहरुलाई खाईदिने मित्र जिवहरुकाे उत्पादन गरेर फाममा छाेड्दा विषादिकाे प्रयाेग घट्ने बताउदै यस्ता विषयहरुलाई पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जाेड दिनु भयाे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन डा. अर्जुन कुमार श्रेष्ठले कार्यशालामा पाठ्यक्रमा भएका समस्याहरुलाई मध्यनजर गर्दै आगामी दिनहरुमा यस्ता समस्यालाई न्यूनिकरण गर्दै लैजानु पर्ने बताउनु भयाे । 

Must View