बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज
511
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ । हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जबाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो ।
अदालतमा जारी बहसमा खाँणलगायत थुनामा रहेकाहरूको पक्षबाट वकिलहरूले उनीहरूलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्दामा आज फैसाला आउने सम्भावना देखिएको हो ।
आज आउने फैसलाले खाँणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्यौल हुनेछ ।