नागरिक पोष्ट News


भारतमा बढ्दैछ डिपफेकको दुरुपयोग, अर्की नायिका पनि पीडित

875

पछिल्ला केही दिनयता डिपफेकको चर्चा निकै सुन्नमा आइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको पनि डिपफेक भिडियो भाइरल बन्यो ।

यो प्रविधिको गलत प्रयोगबारे चौतर्फी चिन्ता बढिरहेको छ । धेरैले यसको दुरुपयोगलाई कडाई गर्न आवश्यक नियम कानून ल्याउन माग गरिहेका छन् । यसैबीच बलिउड अभिनेत्री अआलिया भट्ट पनि यसको शिकार भएकी छिन् ।

आलियाको डिपफेक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ ।

भिडियोमा निलो रंगको फ्लोरल को–अड सेट लगाएकी एउटी केटीले कोठातर्फ अश्लिल इशारा गरेर देखाएको देखिन्छ । नियालेर हेर्ने हो भने भिडियोमा भएकी केटी आलिया भट्ट होइनन् । अभिनेत्रीको अनुहारलाई अरु कसैको शरीरमा जोडेको देखिन्छ ।

डिपफेकको दुरुपयोगको चपेटामा रश्मिका, कट्रिना र काजोलबाहेक पनि सचिन तेन्दुलकरकी छोरी सारा र भारतीय अर्बपति व्यापारी रतन टाटा जस्ता हस्तीहरु पनि आएका थिए । एआई र डिपफेकको दुरुपयोग अहिले सबैका लागि डरलाग्दो चिन्ता बनेको छ । एजेन्सी

Must View