नागरिक पोष्ट News


आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी

847

 काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ  । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।

अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ ।  बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल सरकार तथा सरोकारवाला र  सुरक्षा निकायसंग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष  बाबुराम आचार्यले बताएका छन् ।

जति सकिन्छ सहयोग गरौं, मानवीय कार्यमा ंशंका नरौं भन्ने नाराका साथ समाजले पारदर्शी हिसावले संकलन र बितराण कार्य गर्ने केन्द्रीय सदस्य राजहरी आचार्यले बताए । सिंधुली काठमाडौं सम्पर्क समितिका सभापति एबम् सहयोग संकलन समितिका सदस्य अमृत आचार्यले पारदर्शी तरीकाले पीडितलाई सहयोग गरिने हुँदा उक्त अभियानमा सहभागी हुन बिश्वभरका आचार्यहरुलाई आग्रह गरेका छन् ।  सहयोग गर्न ईच्छुकका लागि समाजको आचार्य बन्धु समाज–नेपालको नाममा हिमालयन बैंक नयाँबानेश्वर साखामा रहेको खाता नम्बर  ०२७०४३२६४४००१३  मा जम्मा गर्न सकिने बताएको छ ।  जम्मा गरेपछि जानकारीका लागिः ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ सम्पर्क गर्न समाजले आग्रहसमेत गरेको छ ।

अहिलेसम्म सहयोग गर्नेको नामावलीः टिएन आचार्य – ७, ५०० ( संरक्षक) सीताराम आचार्य  ५००० (बिशिष्ठ सदस्य) बाबुराम आचार्य– ५००० ( केन्द्रीय अध्यक्ष) ईन्द्र प्रसाद आचार्यः रु ३३३३ ( केन्द्रीय सचिब) दिपक आचार्य– ३, १११ ( व्यवशायी) अर्जुन प्रसाद आचार्य– रु २००५ ( बागमति प्रदेस सहसचिव, आचार्य बन्धु समाज नेपाल ) हरिबोल आचार्य (पुजनीय बुबाआमाका नाममा)ः एक हजार ५०० रामहरी आचार्य– रु १०१०(केन्द्रीय सदस्य)

मनोज आचार्य– १००५ ( सहसचिब नेपाल सरकार ) राजकुमार आचार्य – १००५ ( आचार्य बन्धु समाज नेपाल नुवाकोट सभापति) घनश्याम आचार्यः रु १००५(बागमती उपाध्यक्ष) पुरुसोत्तम आचार्यः १००० (नेकपा एमाले ललितपुर अध्यक्ष) अभयमणि आचार्यः १००० (जिल्ला सदस्य ) रमेश आचार्य ः १००० (बागमति प्रदेश पुर्व सदस्य) हालसम्म संकलीत रकम– रु.  ३४ हजार ४७४ मात्र

Must View