नागरिक पोष्ट News


रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने

672

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । 

महोत्तरीको जलेश्वरमा हिजो दिउँसोबाट सुरु भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहेको हो ।  आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने छन् । 

हिजोको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन् । यस्तै सांसदहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

भोलिसम्म चल्ने बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुनेछ । बैठकले वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय लिने नेताहरूको भनाइ छ ।

बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद तथा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहेको छ ।

Must View