नागरिक पोष्ट News


गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक (भिडियो सहित)

1K

काठमाडौं । लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द  जिवन बोमजन रहेको छ भने गीतमा बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको  संगीत र दिपेश प्रधानको संगीत संयोजन  रहेको छ ।

म्युजिक भिडियोमा अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय कलाकार रोशन गुरुङ्ग र नेपाली म्युजिक क्षेत्रमा सर्वाधिक रुचाइएकी मोडल रिया लामा को अभिनय रहेको छ ।साथमा भिमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ ।  पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा भिडियो तयार पारिएको हो ।  भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन ।   

अनिल लामाको यसअघि नेपाली चलचित्रमा समेत स्वर तथा संगीत भरेका छन । ’सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’’ लगायतका १ दर्जन बढी म्युजिक  भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन  सबैलाई आग्रह गरेका छन । राजु लामाको स्वरमा रहेको  शैलुङ्गे मेला लगायतका बहु चर्चित गीतहरुको रचना गायक अनिल लामाले यस अगाडि दिएका थिए । 

 

 

Must View