मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो
0.9K
काठमाडौँ । भक्तपुरमा च्याङ्ग्रा महङ्गो भएको छ । सर्वसाधारणले मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा विगतभन्दा यस वर्ष महङ्गो भएको गुनासो गरेका हुन् ।
भक्तपुरको सल्लाघारी ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा लागत बढ्न गएको हो ।
उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।