नागरिक पोष्ट News


स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस्

637

काठमाडौँ । गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ ।

केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ ।  यसैमध्येको एक हो स्नेक प्लान्ट ।

अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको पाइन्छ । नेपालमा करिब २० किसिमका स्नेक प्लान्ट पाइन्छ । यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । सर्प जस्तो देखिने यो बिरुवा रोप्नुका आफ्नै फाइदाहरू छन् । यो प्लान्ट घर भित्र राख्दा यसले हावा शुद्ध बनाउने काम गर्छ ।

स्नेक प्लान्टले कार्बनडाइअक्साइड शोषण गरेर अक्सिजन उत्पादन गरिरहन्छ । त्यसैले धेरैले यसलाई घरको प्यासेज, वा बैठक कोठामा राख्ने गर्दछन् ।

स्नेक प्लान्टले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । यसलाई बेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने तथा हावामा रहेका श्वासप्रश्वास सम्बन्धी रोगहरू बढाउने केही हानिकारक रसायनहरू जस्तै– जाइलिन, ट्राइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ ।

स्नेक प्लान्टको हेरचाह कसरी गर्ने ?  यो प्लान्ट अरु प्लान्ट भन्दा हुर्काउन निकै सजिलो छ यसलाई धेरै पानी पनि हाल्नु पर्दैन महिनाको दुई पटक पानी हाल्दा पुग्छ ।  यसलाई हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ ।

Must View