एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि
448
काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुहुने र अधिवेशनको तयारी पूरा भएको बताइएको छ। उद्घाटनअघि शान्तिबाटिका ९रत्नपार्क० बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ ।
कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् ।