नागरिक पोष्ट News


एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी विश्व दौडाहामा

714

काठमाडौं  । गैर आवासीय नेपाली संघ९एनआरएनए०को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार हङकङ पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।

केसीले  ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय भएको बताए । आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएका केसीलाई एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल,एनआरएनएका सँस्थापक प्रकाश पुनसहित कार्यसमितिबाट स्वागत गरिएको छ । केसी बुधबार अर्थात ४ र ५ तारिखमा कोरियामा रहनु हुनेछ । सो अवसरमा गैर आवासीय नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोरियामा भेटघाट सकाएर ६ र ७ तारिखमा यूकेमा भेटघाटको कार्यक्रम तय भएको छ ।

यस्तै, यही ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय गर्नु भएको छ ।एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।केसीले सन् २०११र०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

Must View