नागरिक पोष्ट News


खेलजगतको इतिहाँसमानै पहिलो पटक प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता सुरु

1K

काठमाडौं । तारकेश्वर नगरपालिकाको खेलजगतको इतिहाँसमानै पहिलो पटक प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ । तारकेश्वर नगरपालिकाको सहयोगमा समाजसेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । १६ टिमको प्रतिष्पर्धा रहने प्रतियोगिता असोज १५ देखि असोज २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो टिमलाई रु ५० हजार र दोश्रो टिमलाई रु २५ हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतिकुल मौसमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज रेफ्रिलाई बल हस्तान्तरण गदै खेलकुद प्रतियोगिताको सुभारम्भ गर्नुभयो । प्रतियोगिताको सुभारम्भ गर्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले खेलकुद राष्ट्रको जस्तै स्वास्थ्यको लागि पनि महत्वपुर्ण रहेको बताउनुभयो । खेलकुद प्रतियोगिताले तारकेश्वर नगरपालिकामा छरिएर रहेका युवाहरु बिचको सहकार्य, समन्वय, आत्मीयता र भाइचाराको बिकास गर्न सहयोग पुग्ने बताँउदै नगरप्रमुख महर्जनले आफु खेलकुद क्षेत्रको समिपमानै रहेको बताउनुभयो ।

नगरप्रमुख भएर बिजयी भएसंगै खेलकुद क्षेत्रका लागि पहिलो बर्षनै १ करोड लगानी गरेको बताँउदै नगरप्रमुख महजर्नले तारकेश्वर नगरपालिकाले खेल क्षेत्रमा गरेको लगानीले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उमाकुम्फु खेलका प्रतिष्ठीत खेलाडी समेत रहनु भएका नगर प्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुखको रुपमा बिजयी भएसंगै नगरपालिबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित खेलकुदको क्षेत्रमा लगानी गदै आइरहनु भएको छ । तारकेश्वर नगरपालिकाको इतिहाँसमानै पहिलो पटक गतबर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं उपत्यकाका स्थानीय निकायमा दोश्रो पदक जित हाँसील गरेको थियो ।

आज देखि सुरु भएको खेलकुद प्रतियोगिताको सुभारम्भका क्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खडगी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, वडा न १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा सदस्य उज्जवल अधिकारी लगायतको उपस्थीति रहेको थियो ।

तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा आयोजना गरिएको फुटबल प्रतियोगिताको आज दुईवटा प्रतियोगिता सम्पन्न भएको छ । वडा नं ८ र वडा नं ३ बिच भएको पहिलो प्रतियोगितामा वडा नं ३ बिजयी भयो । वडा नं ३ ले वडा नं ८ लाई एक गोल गदै पराजीत गरेको छ ।

Must View