नागरिक पोष्ट News


आजको तरकारी तथा फलफूलको मूल्यसूची

658

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाँजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ४००, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४००, किवी ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, बरेला ९०, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Must View