नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले अवस्था हेरेर घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्ने

749

रबिन थपलिया, काठमाडौं । तारकेश्वर नगरपालिकाको अपांगता परिचयपत्र बितरण समितिले कार्यालयमा आएर अपांगता परिचयपत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई अवस्था हेरी घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्ने भएको छ । नगरपालिका भित्र स्थायी बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुले आवश्यक कागजपत्र सहित परिचयपत्रका लागि स्वयम कार्यालयमानै अनिवार्य उपस्थीति हुनुपर्दथ्यो । अपांगता परिचयपत्र बितरण समितिका संयोजक एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल ले अपांगता भएका नागरिकलाई परिचयपत्र लिनका लागि समस्या नहोस भन्ने हेतुले अवस्था हेरी कार्यालयमा स्वयम उपस्थीत हुन नसक्नेहरुलाई घरमानै पुगेर बितरण गर्ने व्यवस्था गर्नुभएको हो ।

अपांगता परिचपय लिनका लागि नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुले विशेषज्ञ डक्टरको सिफारीस, वडा कार्यालयको सिफारीस, अपांगता भएका व्यक्तिको फोटो सहितका कागजत सहित तारकेश्वर नगरपालिकाको वडा नं ६ को कार्यालय र्धमस्थली स्थीत महिला तथा जेष्ठ नागरिक शाखामा निवेदन दिनुपर्ने हुन्छ । प्राप्त आवेदनहरु संकलन गरि नगरपालिकाको अपांगता परिचयपत्र बितरण समितिको बैठक बस्ने छ । उपप्रप्रमुख सृजना बुर्लाकोटी अर्याल, अपांगता परिचयपत्र बितरण समितिका सदस्य सचिब एवं महिला बालबालीका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्र, परिचयपत्र बितरण समितिका सदस्य डा. इङगीता सिम्खडा, समितिका सदस्य हरिकृष्ण अर्याल, अपांगता भएका व्यक्तिहरुको संघ, संस्थाका प्रतिनिधिहरु सहित तोकिएका समितिका सदस्यहरुको उपस्थीतिमा अपांगता भएका व्यक्तिको पहिचान गरेर अपांगता परिचयपत्र बितरण गरिन्छ ।

यसै बिच अपांगता परिचयपत्र बितरण समितिको हिजो बसेको बैठकले ६ जना अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचयपत्र बितरण गरेको छ । जस अनुसार २ जना अपांगता भएका व्यक्तिलाई रातो र ४ जना अपांगता भएका व्यक्तिलाई निलो रंगको परिचयपत्र बितरण गरिएको तारकेश्वर नगरपालिकाको महिला बालबालीका तथा जेष्ठ नागरिक शाखाकी संयोजक प्रतिमा मिश्रले जानकारी दिनुभयो । अपांगता परिचयपत्र बितरणका क्रममा तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, नगरकार्यपालिका सदस्य अञ्जु बस्नेत,समितिका सदस्यहरु हरिकृष्ण अर्याल, संगिता पन्त सहित को उपस्थीति रहेको थियो । सहित अपांगता परिचयपत्र बितरण समितिका सदस्यहरुको उपस्थीति रहेको थियो । समितिको आज बुधबार पनि बैठक बसेर अपांगता भएका व्यक्तिलाई परिचयपत्र बितरण गरिने मिश्रले बताउनुभयो । शाखा प्रमुख मिश्रले उपप्रमुख ज्यूको आग्रह बमोजिम निवेदन प्राप्त भएका केहि अपांगता भएका व्यक्तिहरु कार्यालयमा आउन नसक्ने भएकाले डक्टर सहित समितिका टिमले घरमानै पुगेर उहाँहरुको कागजपत्र र शारिरीक अवस्था हेरेर परिचयपत्र बितरण गर्ने बताउनुभयो ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले यस अघि तारकेश्वरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरु नगरपालिकाकै परिवार रहेको बताँउदै उनिहरुलाई सम्मान जनक रुपमा जीवन यापनका लागि नगरपालिकाले कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नगरप्रमुखले यस अघि पटक पटक अपांगता भएका व्यक्तिहरुका लागि आफ्नो तलब भत्ताबाट केहि रकम आर्थिक सहयोग समेत गदै आइरहनु भएको छ ।

from:  sagarmathapost

 

 

 

 

 

 

Must View