नागरिक पोष्ट News


स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित

714

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा लस पालमसलाई २–० गोल अन्तरले हराउँदै रियल विजयी भएको हो ।

रियलका लागि बरिम डियाज र जोस लुइस माटोले एक–एक गोल गरेका थिए । यो जितसँगै रियल मड्रिड ७ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको लस पालमसको ५ अंक छ ।

शीर्ष स्थानमा रहेको जियोनालको ७ खेलबाट १९ अंक रहेको छ ।

Must View