निपा भाइरस कति जोखिममा : १० संक्रमित मध्येमा ४ देखि ७ जनासम्मको मृत्यु हुने - विश्व स्वास्थ्य संगठन
केही दिन अगाडि भारतमा निपा भाइरस पुनः देखा परेको र केहीको मृत्यु समेत भएको छ। हुनत, यो भाइरस भारतमा पहिलो पटक देखिएको होइन तर यसको उच्च घातकता र वर्षेनि जसो देखिंदै गर्दा ढिलो–चाँडो यो भाइरस भौगोलिक विस्तार हुनसक्ने ९फैलँदै जान सक्ने० चिन्ता र चासो विशेषतस् स्वास्थ्य क्षेत्रमा भएको देखिन्छ। भारत तथा बंगलादेश जस्ता देशहरुमा चमेरो र मानिस बीचको दुरी विभिन्न कारणले नजिक हुँदा चमेरोको शरीरको तरल पदार्थ जस्तै र्याल वा पिसाब लागेको फलफूलहरुको प्रयोगले मानिसमा निपा भाइरसको संक्रमण हुने अनुमान गरिएको छ। संक्रमित भएको ४ देखि १४ दिनसम्ममा अधिकांशमा निपा भाइरसका लक्षणहरु देखिने गर्दछ। सुरवातीमा फ्लुको जस्तो लक्षणहरु जस्तै ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउरमांसपेशी दुख्ने, बान्ता हुने देखिने गर्दछ।
तर लक्षणहरुले निरन्तरता पाएमा भने यो भाइरसले कडा स्वरुप एनकेफ्लाईटिस ९मस्तिष्क सुजन० अथवा मस्तिष्करस्नायु सम्बन्धी समस्याहरु लिन सुरु गर्दछ। अनि २४ देखि ४८ घन्टामा मानिस अचेत अवस्थामा पुग्ने गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार १० संक्रमित मध्येमा ४ देखि ७ जनासम्मको मृत्यु हुने गर्दछ। तसर्थ यो उच्च घातक भाइरसको रुपमा लिन सकिन्छ। यसको विशेष एन्टिभाइरल औषधि वा खोपको विकास भने भइसकेको छैन।
विश्व स्वास्थ्य संगठनले भविष्यमा महामारी वा प्यान्डेमिक स्वरुप लिन सक्ने संक्रामक रोगहरुको सूचीमा निपा भाइरसलाई पनि समावेश गरेको छ।