प्राकृतिक स्रोतको राम्रोसंग अन्वेषण भएको छैन, पर्यटन प्रवर्धन गर्न आवश्यक छ : अवैतनिक वाणिज्यदुत खड्का
काठमाडौं । पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, र देशको विकासमा योगदान पुर्याएको छ । यहाँ पर्यटनको अपार सम्भावना छ तर पर्यटकको कुल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ। पर्यटन गतिशील र तीव्र रूपमा विकास भएको एक प्रतिस्पर्धी क्षेत्र हो। त्यसैले यसका लागि नेपालको पर्यटन प्रवर्धन नै आवश्यक रहेको न्युजल्याण्डका अवैतनिक वाणिज्यदुत दिनेश खड्का बताउँछन् ।
पर्यटन प्रवर्धनका लागि प्रमुख आर्थिक स्रोत नै पर्यटन रहेकाले हाल दश जना न्युजल्याण्डका नागरिकहरु लिएर आएको उनले जानकारी दिए । सगरमाथा आधार शिविरका लागि भोलिबाट निस्कने तयारी भएको उनी बताउँछन् । आफु वाण्यिज्यदुत भएकै कारण मुलुकका लागि सहयोग गर्नुपर्ने भन्दै छुट्टै योजना बनाएर फरक खालका विदेशी नागरिकहरु लिएर आएको बताउँदै वाणिज्यदुत खड्काले नेपाल उद्योग वाणिज्य महासंघ र केही व्यापारीहरुबिच नेटवर्किङ बैठक पनि राख्ने योजना रहेको बताए ।
यस वर्षको योजनाहरु सफल भएका आगामी वर्ष धार्मिक, प्राकृतिक सम्पदा, ट्रेकिङ र हाईकङिका लागि नेपालमा न्युजल्याण्डबाट छुट्टै खालको प्याकेज नै अफर गर्र्ने बताए । साथै नेपाललाई विश्वमा नै सुन्द देश मानिने वाणिज्यदुत खड्काले बताए । ''कतिपय देशहरुमा कृतिम तरिकाले चिजहरु बनाएर पर्यटकहरुलाई आकर्षक बनाउने गरिरहेको छ । तर हामीले प्राकृतिक स्रोत हुँदा हुदै पनि राम्रोसंग अन्वेषण गर्न सकेको छैन ।'' उनले भने -''पर्यटनमा त्यती बढी अन्वेषण गर्न नसकेको भन्दा पनि जति बढी हामीले प्रवर्धन गछौं त्यती विदेशी पर्यटलाई आपर्षण गर्न सकिन्छ । नेपालमा सगरमाथा मात्रै नभएर धेरै प्राकृतिक स्रोतहरु छ । त्यसलाई पनि प्रवर्द्धन गर्न सक्यो भने विदेशी पर्यटकहरुलाई ल्याउन सकिन्छ ।''
पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको उनी बताउँछन् । पर्यटन विविधिकरण गर्न ट्रेकिङ, जंगल सफारी, बन्जी जम्पिङ, रक क्याइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, कृषि मेला, क्यानोइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङसम्बन्धी योजनाहरू बनाई पूर्वतयारी गर्न सकिने वाणिज्यदुत खड्काले बताए। कुनकुन ठाउँमा आयोजना गर्ने, कसरी आयोजना गर्ने, कुन बेला आयोजना गर्ने, कसले आयोजना गर्ने र आयव्ययको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा योजना बनाई पर्यटन प्रवर्धन गर्न सके विदेशी पणर््टकलाइ ल्याउन सहज हुने उनको अनुभव छ।
हुनत, हाम्रो संकृतिक संम्पदा, प्राकृतिक सोन्दर्यता अरुभन्दा फरक सभ्य र भव्य रहेको छ। पर्यटन नै वैदेशिक मुद्रा आर्जन गर्ने माध्यम पनि हो।
मनोरम प्राकृतिक छटा, बहुधार्मिक, बहुजातीय, बहुभाषिक, जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा नै परिचित छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, बौद्धनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् ।