टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त
2.2K
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय भए अनुरुप आईतवार टानको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा टानका अध्यक्ष निलहरि बास्तोला , प्रथम उपाध्यक्ष प्रदिप पण्डित , महासचिव बिनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा उनलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी टानका महासचिव बिनोद सापकोटा ले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे विगत २०७८ चैत देखि नेपाल बार एशोसिएशनका अध्यक्ष छन् ।
सापकोटाका अनुसार घिमिरेलाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रुपमा टानमा नियुक्त गरिएको हो ।