नागरिक पोष्ट News


MBBS अध्ययनरत देवकोटाको पहिलो सांगीतिक कोशेली 'मुसुक्क मिठो हाँसो मायाकाे' लोक गीत सार्वजनिक

693

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा पहिलो पाइला चालेका नव गायक/सर्जक निराजन देवकोटाको लोकदोहोरी गीत ’मुसुक्क मिठो हाँसो मायाको…’ रिलिज भएको छ ।

KIST Medical College and Teaching Hospital, ललितपुरमा MBBS अध्ययरत उनी गीत संगीतप्रती पनि विशेष रुचि राख्ने गर्छन् । गित रिलिज सगैँ चर्चाको शिखरमा समेत पुगेको छ ।

गितमा लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक निराजन देवकोटाको आवाज रहेको छ भने देवकोटाकै लय तथा शब्दमा गित तयार भएको छ ।

उक्त गीतलाई 'Nirajan Devkota' नामक युटुब च्यानल मार्फत आइतबार अपरान्ह ४ बजे रिलिज गरिएको हो । गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।

वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार केसीद्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रसंसा गरेको भावलाई रमाईलो किसिमले सर्जक देवकोटाले गीतमा प्रस्तुत गरेका छन् ।

Must View