नागरिक पोष्ट News


४४.३४ अंकले बढ्यो शेयर बजार, ३ अर्ब २९ करोडको कारोबार

1K

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार शेयर बजार ४४.३४ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर २०२९.७८ अंक कायम भएको छ ।

यस दिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक बढ्ने समूहमा जलविद्युत् रहेको छ, जसको उपसूचक ५.३१ प्रतिशतले बढेको छ । यसपछि धेरै बढ्नेमा वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ 

 

 

Must View