नागरिक पोष्ट News


शेयर धितो कर्जा सम्बन्धी सीमा संशोधन गर्न गभर्नर सकारात्मक !

763

काठमाडौं । दुई वर्षअघि दैनिक २१ अर्बसम्मको शेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यसरी बजारमा लगानीकर्ता सक्रिय नहुँनुमा नेपाल राष्ट्र बैंकले लगाएको शेयर धितो कर्जा सम्बन्धी व्यवस्थालाई कारण देखाइएको छ । अहिले राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोड रुपैयाँको क्याप लगाएको छ ।

कोभिडको समयमा बजार बढ्दा एउटै व्यक्तिले बढी ऋण लिएको भन्दै राष्ट्र बैंकले शेयर धितो राखेर एउटा बैंकबाट चार करोड र कुल १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

अहिले एक वा एकभन्दा बढी बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था छ । यो १२ करोड रुपैयाँको क्याप हटाउन लगानीकर्ताले माग गर्दै आएका छन् ।

यो विषयमा नेपाल राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारीसँग लगानीकर्ता तथा अर्थ मन्त्रालयले पनि कुरा गरिरहेको छ । गभर्नरसँगको छलफलमा राष्ट्र बैंकको कडाइले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर भएको र अहिलेको व्यवस्थालाई हेरफेर गर्न आग्रह गरिएको सहभागी एक लगानीकर्ताले बताए । उनका अनुसार लगानीकर्ताको कुरामा गभर्नर अधिकारी सकारात्मक रहेका छन् । “छलफलमा गभर्नर सकारात्मक नै देखिनु भएको छ । अब केही हेरफेर होला,” उनले भने । त्यस्तै अर्थमन्त्री डा। प्रकाशशरण महतले पनि सीमा हटाउन गभर्नरलाई अग्रह गरेका छन् । मन्त्रीको कुरामा पनि गभर्नर सकारात्मक देखिएको स्रोतको दाबी छ ।

बजार बढ्दा ल्याइएको नीति सधैं लागु गरिरहन नहुने एक लगानीकर्ताले बताए । ५० लाखसम्मको सेयर धितो कर्जालाई १०० प्रतिशत र त्योभन्दा माथिको कर्जालाई १५० प्रतिशतसम्म जोखिम भारमा गणना गर्नुपर्ने व्यवस्था छ ।

“बजार बढेर ३२ सय पुग्दा बनाइएको नीति अहिले पनि रहिरहनु राम्रो हैन । अब यसलाई करेक्सन गर्ने समय आएको छ,” ती लगानीकर्ताले भने, “बजार बढेको समयमा एक दुईजना लगानीकर्ताले बढी ऋण लिए भन्दैमा सबैलाई एउटै डोकोमा हाल्न त भएन नि १ कसले बजारमा गलत कार्य ग¥यो, उसलाई कारबाही गर्ने जिम्मा नियामकको हो ।”

पुँजीबजार चलायमान नहुँदा पनि अहिले अर्थतन्त्रमा समस्या आएको लगानीकर्ताहरूको बुझाइ छ । अर्थमन्त्री महतले पनि सेयर बजारमा १२ करोडको सीमा हुन नहुने भन्दै आएका छन् ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद हरि ढकालसहितको सेयर लगानीकर्ता टोलीले गभर्नर अधिकारीलाई भेट गरी शेयर धितो कर्जा र जोखिम भारको विषयमा कुरा गरेका थिए । यो छलफलमा पनि गभर्नर सकारात्मक देखिएको सहभागी एक लगानीकर्ताले बताए ।

Must View