नेपालद्वारा ‘बीबीएनजे’ सम्झौतामा हस्ताक्षर
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन ९बीबीएनजे० सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् ।
अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०–३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नेछ ।
सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।
यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ ।