नागरिक पोष्ट News


बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को सहजीकरणमा बाल अधिकार सम्बन्धी संसदीय समूह (ककस) गठन

0.9K

काठमाडौं। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शुक्रबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ।

५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रियअभियान (सिजप) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच ९ सदस्यीय बाल अधिकार सम्बन्धी संसदीय समूहगठन भएको छ।समूहका सदस्यहरुमा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका माननीयचन्दा चौधरी, माननीय शान्ति श्रेष्ठ, माननीय कल्पना मियाँ, माननीय सीता राना, माननीय लक्ष्मी तिवारी, कानून, न्यायतथा मानव अधिकार समितिका माननीय रञ्जु कुमारी झा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका इश्वरी जिएम, माननीय विनिता कुमारी सिंह र पूर्वाधार विकास समितिका  विना लामा रहनु भएकोछ।

समूहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि तर्जुमा गरी अघी बढ्ने विषयमा सहमति भएको छ।सिजपका अध्यक्ष मीना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा अन्तर्गतका विभिन्नसमितिका माननीय सदस्यहरु, सिजपका पदाधिकारी एवम् सेभ द चिल्ड्रेनको प्रतिनिधिहरुको सहभागिता रहेकोथियो।कार्यक्रममा सिजपका महासचिव तिलोत्तम पौडेलले बाल अधिकार सम्बन्धी संसदीय समूह गठनका लागि सिजपकोप्रयासका विषयमा स्पष्ट पार्नु भएको थियो।

संसदीय समूहको औचित्यता तथा आगामी कार्यादेशका विषयमा संसदीयसमितिहरुसँगको चरणबद्द रुपमा भएको छलफल एवम् परामर्शको परिणाम स्वरुप यो स्थितिमा आउन सफल भएकोबताउनु भयो।कार्यक्रममा सिजपका कार्यकारी निर्देशक आत्माराम थापाले नेपालमा बाल अधिकार अभियानको संक्षिप्तपरिचयका साथै बाल अधिकारसँग सम्बन्धित नीतिगत सवाल, कार्यक्रमिक सवाल एवम् अनुगमनात्मक सवाल एवम् ती सवाल सम्बोधनका लागि सांसदको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने सिजपका निवर्तमान अध्यक्षराजेश शर्माले बाल अधिकार सम्बन्धी संसदीय समूहको ऐतिहासिकता, औचित्यता एवम् आगामी कार्यादेशका विषयमाप्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रमका अध्यक्ष एवम् सिजपका अध्यक्ष मीना शर्माले नेपालमा बाल अधिकारको सम्मान, संरक्षण तथासम्बर्धनका लागि बाल अधिकार सम्बन्धी संसदीय समूहको भूमिका प्रभावकारी हुने धारणा राख्नुहुँदै संसदीय समूहकोदीगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि सिजप प्रतिबद्द रहेको समेत जिकीर गर्नुभयो।कार्यक्रम सेभ दचिल्ड्रेन (सिड) को सहकार्यमा सम्पन्न भएको थियो।

Must View