नागरिक पोष्ट News


वडाध्यक्ष कार्कीद्वारा दुई लाखको छात्रवृति अक्षयकोष स्थापनाको घोषणा

1.7K

 

काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष नारायण कार्कीले आफ्नो पिता दिलबहादुर कार्कीको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।

स्वर्गीय कार्कीको पुण्य तिथिको अवसरमा सो स्थानको श्री बुद्ध भवानी माविमा उनले २ लाख रुपैँयाको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

विद्यालयमा अक्षयकोष स्थापना गरी उक्त विद्यालयमा अध्ययन गर्ने विपन्न जेहन्दार विद्यार्थीलाई कोषबाट प्राप्त हुने ब्याजबाट वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्ने अध्यक्ष कार्कीले बताए।

उनले तत्काल प्रक्रिया पूरा गरेर कोष स्थापना गरिने र विद्यार्थीलाई छात्रवृत्ति वितरणको काम अघि बढाइने जानकारी दिए।

कतिपय जेहेनदार हुँदाहुँदै पनि गरिबीकै कारण पढ्न नपाएका त्यस्ता विद्यार्थीलाई अध्ययन गर्न कोषको ब्याज रकम हस्तान्तरण गर्ने उनको भनाइ छ।

Must View