नागरिक पोष्ट News


नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

658

काठमाडौँ  ।  हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।

सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसोसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो। विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो।  

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। 

बालुवाटारस्थित निजी निवासमै राति हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

Must View