नागरिक पोष्ट News


तामाङ जातिको हकहितको लागि हामीले बोलेर होइन काम गरेर देखाउनेछु : अमृत योन्जन

4.2K

नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमितिको दोस्रो अधिवेश यही भदौ ०३ गते सम्पन्न भईसकेको छ । अधिवेशले १७ जना पदाधिकारी रहेकोको तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समिति गठन गरे । तर नेपाल तामाङ घेदुङमै आबद्ध रहेको केहि ब्यक्तिहरुले यो समिति अवैधानिक छ, विधान विपरित छ, वडाबाट प्रतिनिधि छैन, पहलिाको समितिलाई जनकारी छैन, यो संगठानिक अराजकता हो, यसलाई नेपाल तामाङ घेदुङले मान्यता दिन सक्दैन भन्ने आरोप लागेको थियो । यस्तै आरोपप्रत्यारोपाका विच नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समितिले यही भदौ १५ गते बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री माननीय तिर्थ लामाको प्रमुख आतिथ्यतामा काभ्रेको बनेपा बुडोल जनजाति हलमा पुर्ण बैठक एवम् बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिसहेको छ । नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमितिका इन्र्चाज तथा काभ्रे जिल्ला समन्वय समिति सदस्य युवा नेता, समाजसेवी तथा सञ्चारकर्मी अमृत योन्जनसँग नागरिक पोष्टका सम्पादक सावित्रि बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

१.नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समितिको अधिवेश गर्नुभयो तर केही विवाद भएको जस्तो देख्छु नि ? यस विषयमा मलाई दुःख लागेको छ । नेपाल तामाङ घेदुङ सबै तामाङ जातिहरुको साझा संस्था हो । जसरी अधिवेशबाट समिति गठन भए पनि तामाङ जातिको हक हितको लागि नै लड्रने हो । घेदुङ तामाङ जातिको भाष, धर्म, सांस्कृति, भेषभुषा, रितिवाज र चालचलनलाई उत्थान गर्ने हो । हो हाम्रो केही नितिगत त्रृटि भएको होला तर मलाई लाग्छ यसरी विरोध नै गर्नुपर्छ भनेर । 

२. तपाईले समिति अवैधानिक नै गठन गर्नु भएको हो ? यो अवैधानिक छैन, किन भने हामी जिल्ला घेदुङको निर्णय मानेको हो, अरु कसैको होइन । २०७९ फाल्गुन मसान्त सम्ममा सबै गाउँपालिकाको भेला सम्मेलन सम्पन्न गर्ने भनि जिल्ला घेदङले निर्णय गरेको थियो, सोही निर्णय अनुसार मलाई इन्र्चाज तोकेको हो । जिल्ला घेदुङको निणर्य अनुसार मैले पहिलाको गाउँपालिका अध्यक्षसंग छलफल गरेका थिए तर केहिले के बहाना बनाएर अधिवेशन नै गर्न मान्नु भएन त्यसपछि मैले ६ महिना पछाडी यो अधिवेशन गरेर समिति गठन गरेको हो । 

३. अहिलेको समिति कस्तो खालको बनाउनु भएको छ ? अहिले एकदमै सक्रिया, जुझारु, जोसिला र जाँगरिलो भएको साथिहरुको समिति बनेको छ । केहि ब्यक्तिले लगाएको आरोप जस्तो सबै वडालाई समेटिएको छैन भनेको तर यसमा सबै वडाको सबै पार्टीको सक्रिया साथीहरु समेटर बानएको छ । 

४.एउटै पार्टीको भयो भन्ने कुरा पनि छ नि ? समितिमा एउटै पार्टीको छैन महाभारत गाउँपालिकामा भएको सबै राजनितिक दलको प्रतिनिधित्व गरेर यो समिति गठन गरेको हो ।कुनै ब्यक्तिले संगठानिक अराजकता सम्म भनेको थियो, तर हामीले अराजकता ढंगले समिति गठन गरेको छैन । सबै पार्टीलाई सम्मान स्थान दिएको छ, र अरु इच्छा भएका र छुटेकाहरुलाई  सम्मानका साथ जिम्मेवारी दिदै पनि जानेछौ ।    ५.महाभारतमा घेदुङ समिति गठन गरेर आफ्नो राजनितिक पार्टीलाई बलियो बनाउन खोजे भन्ने पनि छ नि ? यो बेलकुल होइन किन भने घेदुङ भने तामाङको हक हितको लागि खोलेको संस्था हो राजनितिक गर्ने होइन । घेदुङलाई एउटा राजनितिक पार्टीसंग जोड्नु हुदैन यो सबैको साझा संस्था हो । हामीले महाभारत गाउँपालिकामा भएको तामाङहरुको पक्षमा काम गर्ने हो । यो घेदुङ महाभारत गाउँपालिका कमिटि गठन गरेपछि नेपाल तामाङ घदुङ काभ्रे जिल्ला समन्वय समिति र हामीले महाभारत गाउँपालिकाको सबै विद्यालयमा तामाङ मातृभाषाबाट पठनपाठनको माग सहित १५ गते नै प्रपोजल बुझाई सकेको छ । अध्यक्ष र उपाध्यक्ष दुबै जना लागु गर्ने पक्षमै हुनुहुन्छ । त्यसैले राजनितिक गर्ने होइन तामाङको पक्षमा काम गर्नको लागि गठन गरेको हो ।  

६.नेपाल तामाङ घेदुङले वैधानिकता दिएन भने के गर्नुहुन्छ ? नेपाल तामाङ घेदुङले मलाई लाग्छ वैधानिकता दिनु हुन्छ, किनकी यस्तो उर्जा शक्ति भएको समिति पाउन गाह्रो हुन्छ । नेपाल तामाङ घेदुङको सबैले व्यक्तिले भनेको छैन अवैधानिक हो भनेर केहीले मात्रै भनेको हो । वैधानिक बनाउका लागि जिल्ला घेदुङ र प्रदेश घेदुङले विषेश सहयोग गरिरहनु भएको छ । यो समिति अवैधानिक छ भनेर पहिलाका अध्यक्षले प्रेस विज्ञाप्ती पनि निकाल्नु भएको थियो तर उँहा अहलिे सहमतिमा आउनु भएको छ ।   

७. समिति गठन गरेपछि महाभारत गाउँपालिकाको तामाङहरुको प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?  समिति गठन गरेपछि त्यहाँको तामाङ आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुले राम्रो प्रतिक्रिया दिइराख्नु भएको छ । पहिला गठन भएको समितिले तामाङको पक्षमा त्यति प्रभावकारी काम गर्ने सकेन यो समिति गर्छ कि भन्ने आशा त्यहाँको तामाङहरुमा रहेकोछ, महाभारतको तामाङ जनताको चाहाना अनुसार हामी काम गछौ पनि र गरेर पनि देखाउछु  ।  

८.नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमितिको आगामी योजनाहरु केके बनाउनु भएको छ ?  नेपाल तामाङ घेदुङ तामाङ जातिको साझा संगठन भएकोले सबैभन्दा पहिला काम महाभारत गाउँपालिकामा भएको तामाङहरुको पक्षमा गर्ने हो । सबै विद्यालयहरुमा तामाङ मातृभाषा शिक्षाको लागि विषेश पहल गर्ने । सबै वडामा वडा समिति गठन गर्ने, नेपाल तामाङ घेदुङको भातृ संगठनहरु सबै महिला घेदुङ, विद्यार्थी, लामा, ताम्बा, बोम्बो, कलकार लगायत सबै समिति गठन गर्ने योजना छ । सोनाम ल्होछारलाई मान्ने र मनाउने तरिकाहरु सिकाउने, ल्होछारमा कार्यक्रमहरु गर्ने योजन छ । हाम्रो त्यहाँको तामाङ भाष, साँस्कृति, रितिरिवाज सबैलाई उच्च स्थानमा पु¥याउनको लागि यो समितिले महत्वपुर्ण भुमिका खेल्ने छ । महाभारत गाउँपालिकाको सम्पुर्ण तामाङ जातिको हकहितको लागि हामीले बोलेर होइन काम गरेर देखाउनेछु । 

९. अन्तःमा केहि भन्न चाहानु हुन्छ कि ? अन्तःमा मलाई र हाम्रो समितिलाई यहाँ सम्म सहयोग गर्नु भएकोमा सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छु । विषेश गरि बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री माननीय तिर्थ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्याक्ष सागर मोक्तान, नेपाल तामाङ घेदुङ संघीय सदस्य फुर्साङ मोक्तान, बागमती प्रदेश सचिव हरिचन्द्र तामाङ जिल्ला अध्यक्ष राज लामा, सचिव निमा लामा र नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमिति अध्यक्ष मान बहादुर योन्जन लगायत सबैलाई विषेश धन्यबाद दिन चाहान्छु, अगामी दिनमा पनि यस्तो साथ र सहयोग गर्नु हुन्छ भन्ने पुर्ण आशा छ । धन्यबाद ।

Must View