नागरिक पोष्ट News


धापाखेलमा खेलकुद कार्यक्रम सम्पन्न गरियो

2K

शर्मिला विश्वकर्मा, काठमाडौं  । ललितपुर मस्तिष्क पक्षाघात स्वावलम्वन समूह नेपालले नेपाल अस्ट्रेलिया अल्मुनाई संघ ANAA र अस्ट्रेलियन राजदूतावासको संयुक्त साझेदारीमा भदौ २५ र २६ गते धापाखेलमा मस्तिष्क पक्षाघात भएका युवा तथा बालबालिकाहरूका लागि खेलकुद क्रियाकलाप सम्पन्न गरेको छ । 

सो दुई दिने खेलकुद कार्यक्रमको समापनका क्रममा हिजो भदौ २६ गते कार्यक्रमका प्रमुख अतिथि एवं अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क HE Felicity Volk  ले सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रदान गर्दै यी बालबालिकाहरूले पनि आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न पाउने हुँदा यस्ता क्रियाकलापहरू गराउनु पर्ने भन्दै आवश्यक सहयोग गर्दै आएको जानकारी गराउदै  यस कार्यक्रमको आयोजना गर्नु हुने सम्पूर्ण टिमलाई धन्यवाद दिनु भयो ।

 यसै क्रममा मस्तिष्क पक्षाघात स्वावलम्वलन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिलमान सिंह प्रधानले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका  अभिभावकहरुको मनोबल बढाउने उदेश्यले यो कार्य्रमको आयोजना गरिएको बताउनु भयो ।  

खेलकुद कार्यक्रम समापनका क्रममा नेपाल अस्ट्रेलियन अल्मुनाइ संघ ANAA  का अध्यक्ष अनन्त पौडेलले मस्तिषक पक्षाघात अपाङ्गता भएका बालबालिकाहरुको क्षमता पहिचान गरी उनीहरुलाई खुशी बनाउन तथा शारीरिक अभ्यासका लागि पनि यस्ता खेलकुदका कार्यक्रमहरुको आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।  

त्यसै गरी सुन्दर ढोका सेवाका अपाङ्गता समावेशी अधिकृत (Disability Inclusion Officer) रजुना सिं ले पब्लिक डिप्लोम्याटिक ग्रण्ड Public Diplomatic Ground  मार्फत यो कार्यक्रम गरिएको भन्दै अपाङ्गता अनुकुलको वातावरणमा बहु तथा जटिल अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकताका साथ खेलकुद तथा अन्य कार्यक्रमहरुमा सहभागीता गराइनु पर्ने कुरामा जोड दिन् भयो । 

मस्तिष्क पक्षाघात स्वावलम्वन समूह नेपाल, नेपाल अस्ट्रेलियन अल्मुनाई संघ ANAA र अस्ट्रेलियन राजदुतावासको संयुक्त आयोजनामा गरिएको सो खेलकुद कार्यक्रममा ह्वीलिचयर दौड, क्रिपिङ् रेस ( बामे सर्ने ) र बोसिया खेल खेलाइएको थियो । उक्त खेलकुदमा ५६ जना मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका र युवाहरूको सहभागीता रहेको थियो ।

Must View