नागरिक पोष्ट News


टाट पल्टिने सँघारमा पाकिस्तानी ध्वजावाहक : १४ जहाज ग्राउन्डेड, ७ खर्ब ४३ अर्ब ऋण तथा दायित्व

644

काठमाडौं । चरम आर्थिक संकटमा पर्दै आएको पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पिआईए० टाट पल्टिने अवस्थामा पुगेको छ । कोडिभ महामारीबाट प्रभावित अन्य देशका एयरलाइन्सको व्यवसाय चलायमान बन्दै यो एयरलाइन्स भने झन् झन् गहिरो आर्थिक समस्याले घेरिएको छ । नगद प्रवाह सुक्दा पछिल्ला दिनमा उडान घटाउन थालेको यो एयरलाइन्सका जहाज ग्राउन्डेड हुने क्रम बढेको छ । मंगलवारसम्ममा मात्रै यस एयरलाइन्सका ३१ ओटा जहाजमध्ये १४ ओटा ग्राउन्डेड भइसकेको राष्ट्रिय सञ्चारमाध्यम डेली पाकिस्तानले उल्लेख गरेको छ ।

गतवर्ष २०२२ को अन्त्यसम्ममा उक्त एयरलाइन्सको ऋण तथा दायित्व मात्रै ७ खर्ब ४३ अर्ब पाकिस्तानी रुपया बराबर पुगेको बताइएको छ, जुन यसको कुल सम्पत्तिको मूल्यभन्दा ५ गुणा बढी हो । आर्थिक संकटका कारण पीआईएको अन्तरराष्ट्रिय मात्र होइन, आन्तरिक उडान समेत रद्द हुन थालेका छन् । इन्धन आपूर्ति बापत पाकिस्तान स्टेट आयल ९पीएसओ०लाई पैसा तिर्न नसकेपछि कम्पनीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन् । पीआईएले इन्धन, अन्तःशुल्क, लिज भुक्तानी लगायतको २० अर्ब रुपया बक्यौता तिर्न बाँकी रहेको छ । साथै कम्पनीले हजारौं कर्मचारीलाई नियमित तलब समेत दिन सकेको छैन । रकम अभावकै कारण कम्पनीले विमानको स्पेयर पाटर््स आपूर्ति गर्न समेत सकेको छैन ।

भुक्तानी समयमै नहुँदा थप विमान ग्राउन्डेड हुन सक्दै भन्दै कम्पनीका अधिकारीहरूले बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । तर सरकार आफै आर्थिक संकटमा भएकाले ठूलो रकम उपलब्ध गराउन सक्ने अवस्थामा छैन ।

पाकिस्तानको नागरिक उड्डयन मन्त्रालयले पिआईएको पुनःसंरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यसका लागि एक वर्ष लाग्ने बताएको छ । तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने टड्कारो आवश्यकता छ ।

गत साता सरकारको सहयोगमा बैंकहरूले पिआईएलाई रकम उपलव्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पिआईए पुनः समस्या परेको छ । पिआईएले करिब २३ अर्ब रुपया उपलब्ध गराउन सरकारसँग माग गरेको छ । तर आर्थिक समन्वय समितिले त्यसलाई अस्वीकार गरेको छ । गत जुलाईमा संघीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै कम्पनीको बैंक खाता रोक्का गरेको थियो । ९एजेन्सीको सहयोगमा०

Must View