नागरिक पोष्ट News


साईबर सुरक्षा सम्बन्धी सम्मेलन तथा सेमीनार कार्यक्रम सेफर्ड कलेजमा हुने

2.8K

काठमाडौं ।  सेफर्ड कलेजमा यही भाद्र २९ गते शुक्रबार साइवर सुरक्षा विषयक प्रेस सम्मेलन तथा सेमीनार हुने भएको छ । साइवर अपराध बिरद्धको सचेतना गराउने उद्देश्य अनुरुप साइवर सुरक्षा बारेको उक्त सम्मेलन हुन लागेको हो । प्रेस सम्मेलन तथा सेमिनार कार्यक्रममा साइवर विज्ञ तथा प्रशिक्षकले बढ्दो साइवर अपराध, डिजिटल ठगी लगायतका बारेमा प्रस्तुतीकरण दिनुहुनेछ । त्यस्तै साइवर कानूनको बारेमा नेपाल प्रहरीको भूमिकाको बारेमा साइवर ब्युरोका प्रतिनिधिले समेत पछिल्लो जानकारी दिनुहुनेछ । कार्यक्रम सेफर्ड कलेजको बिएमटीआठौं समेष्टर बिद्यार्थीहरुको आयोजना र डिजिटल आइसिटी मिडिया प्रा.लि.को सहकार्यमा हुन लागेको हो ।

कार्यक्रमले साइवर अपराध न्यूनिकरणको साईबर सुरक्षा विषयमा आधारभुत र महत्वपूर्ण जानकारी दिने कार्यक्रम संयोजक भरतराज उप्रेतीले बताए । उक्त कार्यक्रममा आम सञ्चार क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरु र मिडिया टेक्नोलोजी विषयमा अध्ययनरत बिद्याार्थीहरुको उल्लेख सहभागीता रहने आयोजकले जनाएको छ  । बढ्दो डिजिटल संसारमा, आफूलाई र तपाईंको डाटा अनलाइनलाई सुरक्षित राख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो सेमिनारले डिजिटल ल्यान्डस्केपलाई सुरक्षित र सुरक्षित रूपमा नेभिगेट गर्न ज्ञान र सीप भएका व्यक्तिहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ।

Must View