साहारा महिला समाजको १७ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
काठमाडौं । साहारा महिला समाजको १७ औँ वार्षिक साधारण सभा भव्यताका साथ आफ्नै कार्यालय कंलकीमा सम्पन्न भएको छ । संस्थाको सो साधारण सभाले निवार्चन मन्दलको अध्यक्ष कृष्ण राज तिमल्सिनाको अध्यक्षतामा ७ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा विना दाहाल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा एलिसा सुवेदी, उपाध्यक्ष प्रतिमा ईटनि, उपाध्यक्ष चन्द्र रसाईली, कोषध्यक्ष देवि माया थापा,सचिव सावित्री बस्नेत र सदस्य राधिका सलामी मगर चयन भएका छन् भने कार्यालय प्रमुख शिव घिमिरे,कार्यालय सह सचिव सचिना गौत्तम चयन भएका छन् । अन्य सदस्यहरु थप गर्नु पर्ने भएमा संस्थाको विधान अनुरुप पछि मनोनित गरिने संस्थाले बताइएको छ ।
सो साधारण सभाको उद्घाटन प्रमुख अतिथि तथा वरिष्ठ समाजसेवी सुविर खनालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा समाजसेवी खनालले संस्थामा बसेर ठाउँ ओगट्ने मात्र होईन संस्थाको विधान अध्ययन गरेर संस्थालाई देश विदेशमा चिनाउनको लागी काम गर्न सबै कार्यसमिति तथा साधारण सदस्यहरलाई आग्रह गर्नु भयो । समाजसेवा निस्वार्थ भावनाले गर्नु पर्ने साथै आवश्यक्ताको पहिचान गरी कार्य गर्न सबैमा उहाँले अनुरोध गर्नु भयो । साथै संस्था कुन हालतमा चलेको छ भन्दै सबैलाई प्रश्न समेत गर्नु भयो । संस्थामा बसे पछि सबैले मिलेर कार्य गर्न र निस्वार्थ अगाडी बढ्न सल्लाहा दिदै संस्थालाई आवश्यक्ता पर्दा जतिबेला पनि आफुले सकेको सहयोग गर्ने तथा पहल गर्ने कार्यमा लाग्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भएको थियो ।
उद्घाटन शत्रको शुरुवातमा संस्थाकी उपाध्यक्ष एलिसा सुवेदीले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । त्यस्तै संस्थाकी अध्यक्ष विना दाहालले संस्थाको हालसम्मका उपलब्धिहरु, चुनौतीहरु तथा अनुकरणीय अभ्यासका बारेमा प्रस्तुती गर्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि सुविर खनाल, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ,अतिथीहरु विनोद सुवेदी, भुपेन्द्र राम श्रेष्ठ, कृष्ण प्रसाद भेटुवाल, राम समुन्द्र शाही,द्धारिका केसी, देवी सुवेदी लगायत अतिथिहरुले आ आफ्नो भनाई राख्नुभएको थियो । उद्घाटन शत्रमा अतिथिहरुलाई प्रमुख अतिथि खनालद्धारा सम्मानपत्र सहित सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नेहरुमा समाजसेवी देवि सुवेदी, विमला खड्का, कल्पना लामा, भुपेन्द्र राम श्रेष्ठ,कृष्ण प्रसाद भेटुवाल, राम समुन्द्र शाही र सोमराज त्रिपाठी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरु, समाजसेवीहरु, पत्रकारहरु लगायतको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम पश्चात सम्पुर्ण उपस्थीत प्रमुख अतिथि तथा अतिथिहरु लगायत संस्थाका दिदीबहीनिहरुलाई तिजको दर खान दिई नाचगान सहित रमाईलो गरी कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त सम्पूर्ण कार्यक्रमको संचालन संस्थाकी उपाध्यक्ष एलिसा सुवेदीले गर्नुभएको थियो ।