नागरिक पोष्ट News


विश्वास नेपालको सामाजिक परिक्षण सम्पन्न

0.9K

काठमाडौँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले स्वदेशमै मर्यादित श्रम बजारको व्यवस्थापन हुन सके जोखिमपूर्ण श्रमका लागि वैदेशिक रोजगारीमा जाने महिला÷किशोरीको सङ्ख्या घटाउन सकिने बताउनुभएको छ । मनोरञ्जन क्षेत्रको श्रमिकलाई  मर्यादित वातावरणमा काम गर्ने अवसरका लागि श्रमिक र व्यवसायीसँग काम गर्दै आएको संस्था विश्वास नेपालको १६ औं साधारण सभा र संस्थागत सामाजिक परिक्षण समारोहलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । आयोगका अध्यक्ष पराजुलीले थुप्रै रोजगारीको अवसर दिइरहेको मनोरञ्जन क्षेत्रको श्रमबजारमा रहेको बेथिती व्यवस्थापनका लागि विश्वास नेपालले गरेको लामो सङ्घर्षको परिणामले महिलालाई आफ्नो पेशाप्रति गर्व गर्ने स्थितिसम्म ल्याईपु¥याउनु राज्यको लागि सहयोग पुग्ने काम हो, भन्नुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख शान्ती पाण्डेले समितिसँगको सहकार्यमा सो संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुने अवसर पाएको र संस्थाले गरेका कामहरू परिणामको रूपमा देखिएको बताउनुभयो । 

सामाजिक परिक्षक बालमुकुन्द आचार्यलेले विश्वास नेपालको संस्थागत सामाजिक परिक्षणबारे चर्चा गर्दै सो संस्थाले आर्थिक वर्ष २०७९÷८०सम्ममा तालिम, प्रशिक्षण, अनुगमन, देशव्यापी श्रमिक भेला, बालबालिकालाई छात्रवृत्ति,महिलालाई साना उद्यमका लागि सहयोगसहित गरी एक करोड रूपियाँ भन्दा बढिको काम गरेको बताउनुभयो ।संस्थाले उत्थान, हाम्रो सम्मान,क्लारिसा, अप्सरा–३लगायत पाँच परियोजनामार्फत मनोरञ्जन क्षेत्रमा १८ वर्षभन्दा मुनिका बालबालिकाको उद्धार गरी सरकारी स्कुलमा अध्ययन गर्न आर्थिक सहयोग, परिवार भएका र पुनर्मिलन हुन चाहनेका लागि पुनर्मिलन कार्यक्रम गरेको छ ।

त्यसैगरी व्यूटिपार्लर,सिलाईबुनाई,क्रिष्टल, पोते, स्वास्थ्य शिविर, खाद्यान्न सहयोग र अनुगमनलगायतका कार्यक्रम सम्पन्न गरेको परिक्षणको रिपोर्टमा उल्लेख छ ।     एटविनका अध्यक्ष सीता पौडेलले सो संस्थाले विभिन्न स्थानीय तह, दातृ निकायसँगको समन्वयमा सम्पन्न गरेको कार्यप्रगतीको सुचि निक्कै लामो र सन्तोष जनक हुनुमा विश्वास नेपाल परिवारको मेहनत देखिएको बताउनुभयो । आप्रबासी महिला कामदार समूह (अमकास)का अध्यक्ष विजया राई,श्रेष्ठले संस्थाको लक्ष्य अनुसार काम गरेर लक्ष्यित वर्गको विश्वास जित्नु  संस्थाको सफलता रहेको बताउनुभयो । 

कन्या मन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक विश्वकर्माले विश्वास नेपालको सहयोगमा अध्ययनरत विद्यार्थीहरू पढाईसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय र अनुशासित रहेको अनुभव सुनाउनुभयो । मनोरञ्जन क्षेत्रमा कार्यरत मनबहादुर तामाङले विश्वास नेपालले दिएका तालिम, प्रशिक्षणले पेशाप्रति सम्मान र आत्मासम्मान पनि बढेको र संस्थामा जादा  आफ्नो घरमा गएको अनुभव हुने बताउनुभयो । त्यसैगरी संस्थामा आवद्ध महिला श्रमिकहरूले संस्थाले उपलब्ध गराएको तालिम सिप,विउँपुजीबाट आफुहरूलाई आत्मनिर्भर, बोल्न सक्ने बनाएको भन्दै संस्थामा जादा माइत गएको अनुभूति हुने बताए ।  संस्थाका अध्यक्ष तारा भण्डारीले रात्रीकालिन मनोरञ्जन क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने उद्देश्यले स्थापना भएको विश्वास नेपालले राजधानीसहित विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन र नीतिगत तहमा समेत पैरवी गर्दा सकारात्मक परिणाम पनि निस्किरहेको बताउनुभयो । 

Must View