नागरिक पोष्ट News


शुभारम्भ बिद्यालयले निशुल्क स्वास्थ्य शिबिर मार्फत ४५६ जनालाई उपचार गर्यो। उपस्थित सबैले स्कुल,युबा क्लब लगायत आयोजकलाई जयजय कार

3.2K

तारकेस्वर नगरपालिका ९ नम्बर वडा अन्तर्गत इन्द्रायणी पुल नजिकै रहेको मनटेस्वरि स्कुल शुभारम्भ  बिद्यालयले निशुल्क स्वास्थ्य शिबिर सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।  लामो समय देखि सामाजिक कार्यमा लागिपरेको बानियाटार युबा समाज, शुभारम्भ  बिद्यालय मनटेस्वरि स्कुल  र यु जी क्याटरिङ्गको संयुक्त आयोजनामा आयोजित  “बृहत् निशुल्क स्वास्थ्य शिविर“ सम्पन्न गरेको हो । शुभारम्भ  बिद्यालयलको प्राङ्गणमा  भएको स्वास्थ्य शिबिर बाट मा ४५६ जनाको सहभागिता भएको थियो।  उक्त शिविरमा बालबालिका युबा देखि वृद्ह्गरु हरु समेत गरि २६२ जनाले आखाको उपचार  गराएका छन् भने १९३ जनाले दातको उपचार गराएको बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष महेस सिटौलाले जानकारी दिएका छन्। निशुल्क रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरमा दिइएका सेवा हरुमा सामान्य स्वस्थ्य परीक्षण, दन्त शिविर र आँखा उपाचारको सेवा प्रदान गरीएको थियो । विरामीको स्वास्थ परीक्षणका लागी तिल गङ्गा आखा अस्पताल बाट ७ जनाको टोलि र दन्त शिविरको लागि जालपा डेण्टल बानियाटार बाट १२ जनाको टोलि खटिनु भएको थियो। शिविरमा डाक्टरको समुहले विरामीको स्वास्थ्य परीक्षण तथा सामान्य औषधि वितरण गरेको थियो ।

 

 

आफ्नो टोलमा यसरि निशुलक स्वास्थ्य शिबिर संचालन गर्नाले  आफुलाई धेरै राहत भएको बताउने स्थानियबासि कृष्णहरि भेटवाल बताउनुहुन्छ। गोरखा घर भएकी  ७४ बर्षिया फुलमाया केसिले खुसि ब्यक्त गर्दै स्कुल को जय जयकार गर्नु भयो।  सरकारले गरेको हामीलाई थाहा छैन तर स्कुलले यस्तो सेवा गर्यो लाख लाख धन्यबाद भन्दै स्कुल आखा भरि आशु पार्नु भएको बताउनुहुन्छ बिद्यालयकि  प्रिन्सिपल गोमा पाण्डे थप अघि भानुहुन्छ् बुडिआमाको आखा रसाएको देखेर मलाइ पनि मन थाम्न गार्यो भयो। सबै भन्दा अचमको कुरा आयोजकहरु आफै लाइनमा बसेर सेवा लिदै थिय।  आयॉजक मध्यमा महेस सिटौला आफैले लाइनमा बसेर सेवा लिएको देखेर उपचारमा खटियका जालपा डेन्टलका डाक्टरहरु समेत अचम्मित थिय। 

त्यस्तै गरि दैलेख घर भएर बनैयाटार बस्दै आउनु भएका ६७ बर्सिय देब आचार्यका अनुसार  यस अघि आफुले अहिले सम्म कुनै पनि ठाउँमा निशुल्क स्वास्थ्य परिक्षण नगराएको र यो सुबिधा पाउदा बानियाटार युबा समाज, शुभारम्भ  बिद्यालय मनटेस्वरि स्कुल  र यु जी क्याटरिङ्ग लगाएत आयोजकलाई धन्यबाद पनि दिनुभयो ।

 

 

 

Must View