नागरिक पोष्ट News


सनातन पर्व, तीजको जगेर्ना , अहिलेको अपरिहार्य, व्रत बसौ रमाएर

2.7K

काठमाडौँ । तीज परापुर्ब देखि नै मनाउदै आइरहेको पर्व हो । तीजको पर्बको बारेमा अनेकौं कथा , पुजाआजा, व्रत उपवास, यसको महत्त्व आदि हामी सुन्दै आइरहेका छौ। यसको मूल्य , मान्यता र उद्देश , तथा महत्व अझै बलियो र सौहार्द् पुर्ण तरिकाले कसरी जोगाउने , कसरी रमाइलो गरि मनाउने आदि अहिले सबैले बुझ्नु पर्ने अत्ति नै आवस्यक देखिन्छ । पहिला पहिला हामिले तीजको अघिल्लो दिन दर खाने, रमाइलो गर्ने, नाचगान गर्ने, घरपरिवार , टोल छिमेक सबैजना मिलि पुजा लाउने गर्दथयौ। अहिले नि यसरी नै गर्ने परिपाटी छ । तर अहिले  तीजको दर खाने चलन फरक भएको छ। महिनौ अगाडि योजना बनाउने, नयाँ नयाँ फैसनका लुगा ,सारी आदिमा देखासिकी खर्च गर्नु, मन परेका , अलि धनी , खानदानी देखिने आफन्त ,नातागोता , छोरीचेलीलाई बोलाउने र सोही अनुसारको उपहार दिने जस्ता प्रवृत्तिले गर्दा धेरै नै बिकृती बढेको छ। अहिले फेसबुकमा पनि कतिपय भिडिओहरु देखिन पाइन्छ ।पर्व भनेको त आ आफ्नो सामर्थ्य अनुसार , आफ्नो खुसी र पारिबारिक सदभावको लागि मनाउने हो नि। अरुको देखासिकी र समाजमा आफ्नो पौरख देखाउन त पक्कै पनि हाम्रो संस्कार होइन । 

केही नयाँ शुरुआत गरौ 

आफुसङ जे जति छ, त्यसैमा आफुले तीज मनाउन सकिन्छ । नयाँ लुगा , सारी किन्नुपर्छ भन्ने हुदैन । यदि कोहि सम्पन्न छ भने कुनै आश्रम वा संस्थामा गएर त्यहाको आमा, महिला दिदिबहिनी सङ आफुले सक्ने जति उपहार दिएर, खाना खुवाएर रमाइलोको साथै आशीर्वाद पनि लिन सकिन्छ । यो एउटा नौलो सुरुवात हुनसक्छ , र कतिपय क्लबहरुले यस्तो सौहार्दको कार्य गरेको पाइन्छ। आफू मात्रै खुसी हुने कि समाजमा केही नौलो उदाहरण दिने त्यो हाम्रो हातमा छ। 

तीजमा पानी पनि नखाइ भोकै बस्ने जुन चलन थियो त्यो पनि आफ्नो शारीरिक , मानसिक अवस्था हेरि निराहार बस्न सक्ने कि नसक्ने सबै आफैले बिचार पुर्याउनु पर्छ। कसै कसैले त पानी पनि नखाइ व्रत बस्नु पर्छ है भन्ने जुन मनसाय हुन्छ त्यो सबमा लागू हुन सक्दैन । कुनै पनि शास्त्र वा पौराणिक ग्रहणथमा भोकै पेट बस्दैमा भगवान खुसी हुदैन, तपाईंको आस्था , सद्भाव नै ठुलो पुजा हो। जो पुर्णरूपमा स्वस्थ , निरोगी छ भने निराहार व्रत बस्दा नि केही हुदैन तर बिरामी , कुनै औषधिको प्रयोग गर्ने छ भने आफ्नो चिकित्सकको परामर्श अनुसार मात्रै  निराहार व्रत बसेको ठिक हुन्छ । 

कस्तो दर खाने त ?

 दर खाने भनेको त सात्विक , सजिलै पचाउन सक्ने पोषिलो हुनुपर्छ । दरमा खिर किन अनिवार्य भन्छन त , किनभने खिरमा सबै पोषक तत्वहरु  कार्बोहाइडरेट, प्रोटिन , चिल्लो पदार्थ , खनिज तत्व सबको समिश्रण आदि भएकोले शक्ति , उर्जाको साथै भोक र तिर्खा बाट पनि जोगाउने भएर खिर खाने गरिन्छ । अन्य खानेकुरामा मिठाई , फलफूल  र अन्य परिकार पनि खान सकिन्छ । तर एकदमै ढिला र टन्न हुने गरि कहिले खानु हुदैन । भोलिपल्ट व्रत हुने भएकोले पेट दुख्ने , ग्यास्टिकको समस्या उत्पन्न हुन सक्छ । फेरि ब्रतको दिनमा नाच्ने , गाउने रमाइलो गर्ने भएकोले कतिपय महिलाहरुलाइ समस्या हुने गरेको, लड्ने, बेहोस हुने पनि गर्दछ। यदि व्रत नि बस्नै पर्छ र नुनको पनि सेवन गर्न गार्हो छ भने मिश्रि काढा, झोल खानेकुरा , नरिवलको पानी फलफूलको जुस, सर्बत , पानी आदि पुजा गरेर पनि सेवन गर्न सकिन्छ । आफ्नो आस्था र आत्मालाइ मारेर केही गर्नु हुदैन। दिर्घरोगी कोहि ब्रतालु छ भने निराहार, पानी पनि नखाई व्रत बस्नु मिल्दैन, अरुले के भन्छन् , के सोच्दछन त्यो कुरा परै राखेर पहिला स्वास्थ अवस्था हेरि व्रत गर्नुपर्ने हुन्छ । 

व्रतको केही फाइदाहरु

अहिले १६ घन्टा र१४ घन्टा आदिको चलन र चर्चा परिचर्चा आदि हामीले सुनेका छौ,यो तौल घटाउन राम्रो मानिएको छ। यो भनेको दिनरात २४ घन्टामा १६ घन्टा नखाने र ८ घन्टा खाने। जुन अहिले धेरैले आफ्नो मन र रहर, देखासिकी गरेको पाइन्छ । यो १६ वा १४ घन्टा गरेको नराम्रो होइन, यसको परिणाम आउन समय लाग्छ । हाम्रो लागि यो व्रत कुनै नयाँ पक्कै पनि होईन , हामी सानैदेखि व्रत गरेका पनि छौ। तर सबैले गर्नैपर्ने , र तौल सबैको कम हुन्छ नै वा एकनासको पक्कै हुँदैन । कतिपय दिर्घरोगी , ज्येष्ठ नागरिक , ग्यासटिक , भोकै बस्न नसक्ने जस्तैलाई गर्न हुदैन , र आफ्नो चिकित्सक , पोषण बिज्ञ आदिको सल्लाह अनुसार मात्रै लिनुपर्ने हुन्छ । तर जो ब्यक्ति वा महिला पुरुष स्वस्थ छन, तौल नियन्त्रण गर्न चाहनु हुन्छ भने पोषण विशेषज्ञको परामर्श अनुसार मात्रै फास्टमा बस्नु पर्छ ।

व्रतको फायदाहरुमा , एउटा नयाँ अनुसन्धानको लेख्क प्रा । डा। कारमेन स्यान्डिको अनुसार पोषण , वा न्युट्रिसन , पोषण एकदम राम्रो काम हो स्वस्थ र निरोगी , तन्दुरुस्त रहनलाइ, व्रत बस्दा हार्मो मन, मस्तिष्क दुबै नियमित र व्यबहारलाई प्रोत्साहन गर्नमा सहयोग गर्दछ।  मस्तिष्कलाई बलियो बनाउने खानेकुराहरुमा मान्साहारिको लागि :- सेतो मासु, माछा, समुन्द्री माछा ,  अन्डा तथा  साकाहारिको लागी  दुध  दहि पनीर तोफु सबै प्रकारको दाल, गेडागुडि , सुकेको फलफूलहरु, काजु बदाम, विभिन्न प्रकारको मौसमी फलफूल तरकारी आदि सेवन गर्न सकिन्छ । तौल नियन्त्रण , ब्लड सुगर लेवलमा ल्याउन , संक्रमण नियन्त्रण हुन बाट बचाउन केही क्यान्सर बाट जोगाउन तथा निउरो डीजेनेरेटिभ डिस्अर्डर आदि व्रतले सहयोग पुर्याछ। इन्सुलिन लेवल रेसिसटेन्स हुन बाट जोगाउन सहयोग पुर्याउदछ। संक्रमण तथा संक्रामण  हुन बाट जोगाउन मद्दत गर्दछ। मुटुको समस्या , कोलेस्टेरोल ट्राइग्लिसेराइड , उच्च रक्तचाप, ब्रेनको क्रियाकलापमा राम्रो हुन्छ र न्युरोडीजेनेरेटिभ डीसअर्डर , ब्रेन फंन्कसनमा राम्रो हुन्छ ।  मिटाबोलिज्मलाइ उत्तेजित बनाइ तौल कम गराउछ।  ग्रोथ हर्मोनलाई सक्रिय बनाउछ मांसपेशीहरुलाइ बलियो बनाउछ।  बाच्ने आयु बढाउछ।  अरु बेला फास्ट वा व्रत  कसरी गर्नेरु

विभिन्न प्रकारको व्रत हरु हुन्छन् 

जलाहार९ पानी मात्रै पिउने 

फलाहार (फलफुल) आदिको सेवन गर्ने निराहार केही पनि नखाइ व्रत वस्ने  ईन्टरमिटेनट ९१६ र १४ घन्टाको व्रत 

पाराटिएल फास्टिङ ९ क्यालोरि रेस्टिकसन९ जिरो क्यालोरी० आदि हुन। तर माथिको जुनसुकै व्रत बस्नु अगाडि आफ्नो स्वास्थको अवस्था , औसधि , उमेर आदिको बिचार पुर्याएर मात्रै व्रत बस्नु पर्छ ।  हरितालिका तीजको सम्पुर्ण नेपालीहरुमा अग्रिम शुभकामना , स्वस्थ रहौ, 

मिरा शाह पोषण बिज्ञ कीर्तिपुर अस्पताल   

Must View