नागरिक पोष्ट News


६० केजी सुन प्रकरणमा थप एकजना पक्राउ

833

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले ६० केजीभन्दा बढी सुन तस्करी प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेको प्रहरीले जनाएको छ । उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्। उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका सफरलाई सीआईबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। राजस्व विभागले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ गते सीआईबीलाई जिम्मेवारी सुम्पिएको थियो ।

Must View