नागरिक पोष्ट News


महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना

497

काठमाडौँ– नेकपा ९माओवादी केन्द्र०का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्  ।

 प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, ‘आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उनले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा  अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधै अस्वीकार गरेर प्रतिकारस्वरूप आक्रमण गरेको कुरा प्रस्ट छ ।’

उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो सङ्घर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उनले जोडदार माग गरे । 

पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । डेङ्गु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे ।

Must View