नागरिक पोष्ट News


देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने

441

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्।

बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि र देशको हित, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न रास्वपा उदाएको बताएका हुन् ।

 यसैबीच सभापति लामिछानेले वर्षौसम्म देशलाई अनेकन मुद्दामा विभाजित गराएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश संसद् र सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको भन्दै लामिछानेले प्रदेश संरचना बारे रास्वपाको छुट्टै अडान र धारणा रहेको बताए।  

देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा रास्वपाले पूरा गर्ने उनले दाबी समेत गरेका थिए ।

Must View