नागरिक पोष्ट News


जीवनमा संघर्ष अनिवार्य रहेछ, कहि कतैबाट बिस्तारै सफलता मिल्दो रहेछ :- सामाजिक अभियन्ता अमर राज बानियाँ

3K

कर्णालीका बासिन्दाले नुन पाए ठूलै लडाइँ जितेजस्तो हुने कहालीलाग्दो अवस्था अझै छ । यस्तो अवस्थामा आश्रमका बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरुको व्यवस्थापन गर्न निकै कठिन छ । तर, जीवनमा संघर्ष अनिवार्य रहेछ । कहि कतैबाट बिस्तारै सफलता मिल्दो रहेछ ।

काठमाडौं । सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन्, अमर राज बानियाँ ।

२०४२ सालमा मुगुमा जन्मेका बानियाँ पेशाले व्यवसायी हुन् । एक दशकदेखि मुगु जिल्लामा रहेर जे।टि।य।यम बाल अनाथ आश्रम संस्था मात्रै संचालन गरेनन् उनले निरन्तर समाज रूपान्तरणको काममा पनि लागीरहेका छन् । कर्णाली प्रदेशको अति विकट, दुर्गम र पिछडिएको हिमाली जिल्ला मुगुका सामाजिक अभियन्ता बानियाँले समाज सेवामा निरन्तरता दिइरहेका छन् । कुनै पनि क्षेत्रमा सफलता हात पार्न आफूलाई इच्छा लागेको विषय रोज्नुपर्ने उनको धारणा छ । यसका लागि आत्मविश्वासका साथ मेहनत गरेर अघि बढ्नुपर्छ ।

मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित अनाथ आश्रममा हाल ११ जना बालबालिकाहरुले आश्रय लिरहेका छन् । विभिन्न कारणले बाबु आमा गुमाई अनाथ हुन पुगेका बालबालिकाहरुको भबिस्यलाई मध्य नजर गरी उनीहरुको गाँस, बास, कपास र शिक्षा स्वास्थ्यकोे उचित व्यवस्था गर्न र त्यस्ता बालबालिकाहरुले पनि समाजका अन्य बालबालिका सरह जीवन जिउन पाउन् भन्ने उद्धेश्यले स्थापना गरिएको बाल अनाथ आश्रम संचालनमा सुरुवाती चरणदेखि हालसम्म के कस्ता समस्या सामना गर्नुप¥यो त ? ग्लोबल खबरका लागि मायालु लामाले सामाजिक अभियन्ता अमर राजसँग उनका संघर्ष र बाल आश्रमका विविध पक्षमा गरिएको अन्तर्वार्ताको सम्पादित अंशः

१) सुरुमा समाज सेवा गर्न को बाट र कसरी प्रेरित हुनु भयो ? हामी मानव यो जगतको सबै भन्दा सर्बश्रेठ प्राणी भएकाले हाम्रो जन्म नै केही राम्रो गर्नका निम्ति जन्म पाएका हौं जस्तो लाग्छ । दुई दिनको छोटो समयमा लामो काम गर्नु पर्छ भन्ने उद्धेश्यले नै यस दुर्गम ठाउँका बालबालिकाहरुको तत्कालिन अवस्था हेर्दा समाजमा यहि कामबाट सुरुवात गर्नु पर्छ भन्ने लागेको हुनाले आफै प्रेरित भएको हुं ।

२) किन र के का लागी समाज सेवा गर्नु हुन्छ ? हामिले जन्म पाएको के को लागि भन्ने हुन्छ । यो मानिसको बिचारमा भर पर्ने कुरा हो । मलाइ लाग्छ, समाज सेवा धन सम्पती भएर गरिने कुरा होइन, मन हुनु पर्छ । आफुसङ नभएपनि काम गर्ने इच्छा हुनुपर्छ । हाम्रा पुर्खाहरुले जे जति गर्नुभयो त्यो उहाँहरुको पालामा काफी थियो अहिले हामीले के गर्ने त भन्ने कुराको सवाल हो । त्यसै अहिलेको समाज कता तिर छ र हामी कतातिर जाने सबै भन्दा मानवताको लागि समाज सेवा गर्ने हो ।

३) समाजसेवाबाट कत्तिको आत्मसन्तुष्टि मिलेको छ रु के–कस्ता समस्या सामना गर्नुप¥यो ? जुन कुरा आफ्नो मन देखि गरिएको हुन्छ नि त्यो काम जस्तो भएपनि सन्तुष्टि नै हुन्छ । अहिलेको समाज विषेश गरि हामी नेपालीहरुको बानी हजुरलाई थाह भयकै कुरा त होनि आउँछन समस्याहरु आज समाजले सिर्जना गरेका समस्याहरुलाई पर राखेर भन्नु पर्दा बालबालिकाहरु सङको काम हो आश्रम को भौतिक व्यवस्थापन देखि अन्य धेरै कुरामा सम्स्याहरु झेल्नु परेको छ । तर समस्याहरुलाई ठूलो पहाड बनाउने मेरो आदत छैन । खुरापाती गर्नेहरुको कुरा सुन्नु हुदैन भन्ने लाग्छ । अर्को कुरा, हामी नेपालको ७७ जिल्ला मध्य ७८ औ जिल्लामा गणना भएको जिल्लामा छौ जुन ठाउँमा भनेको बेला केही पनि उपलब्ध गर्न र गराउन सकिँदैन । विशेषगरी आश्रमका बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरुको व्यवस्थापनको कुराहरुमा विविध समस्याहरु झेल्दै आएका छौं ।

४) आश्रम संचालनका लागि स्रोतहरू कसरी जुटाउनुहुन्छ रु कुन कुराले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ ? सुरुवातीमा आश्रम संचालकहरुले आफ्नै व्यक्तीगत लगानीबाट सुरु गरिएको थियो ।बेला बेलामा आश्रमको क्यालेन्डर प्रकाशन गर्ने त्यसबाट संकलित विज्ञापनको पैसा र विभिन्न चाडपर्वहरुमा चिट्ठा कार्यक्रमहरु प्नि राखियो । र, एक दुई पटक गाउँपालिका बाट केही सहयोग आएकोे र बेलाबेलामा विभिन्न संघ सस्थाहरु र सहयोगी मनहरुको सहायताबाट यहाँसम्म पुगेको छ ।

५) सफलताको श्रेय कसलाई दिनुहुन्छ ? गर्नु पर्ने धेरै काम बाँकी नै छ, यसमा अहिले नै सफलताा के कुरालाई भनौ । त्यही पनि जहाँ सम्म हामी पुगेका छौं त्यो पनि त केही प्रतीसत अगाडि पुगेका छौं यसमा सहयोगी मनहरु सबैलाइ र विशेषगरी यो संस्था स्थापना काल देखि आज सम्म सहयोग गर्ने मेरा सहकर्मी साथीहरुलाई दिन्छु ।

६) नेपाली समुदायमा समाजसेवीहरुको कमी छैन भनिन्छ रु तपाईको विचारमा को हुन् वास्तविक समाजसेवीहरु ? वास्तविक आफ्नो मन, तन र बिना स्वार्थ कसैको लागी केही गर्ने व्यक्ती नै समाजसेवी हुन । त्यो समाजको कुनै पनि क्षेत्रमा हुन सक्छन्, वास्तवमा समाजको लागि काम गर्ने व्यक्तीलाई नै म समाजसेवी भन्न चाहन्छु ।

८) आगामी योजनाहरु केही छन् की ? त्यस्तो खासै योजनाहरु त छैन । जुन काम गरि राखेको छु त्यो कामको मापदण्ड र विधान अुसार जे गर्नु पर्ने छ त्यो नै पूरा गर्ने र आश्रामको कर्यायोजना पूरा गर्ने योजना छ ।

९) समयको लागी धन्यबाद ? मलाई हरेक सामाजिक कार्यमा साथ दिनु हुने सम्पूर्ण मनकारी मनहरुप्रति हार्दिक नमन । यो अवसर दिनु भएकोमा ग्लोबल खबर परिवरलाई र विशेष गरी तपाईलाई हार्दिक धन्यवाद ।

 

From :globalkhabars.com

Must View