नागरिक पोष्ट News


साउनमा एक अर्ब २८ करोडको बीमा पोलेसी त्याग

658

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनामा १ अर्ब २८ करोड रुपैयाँको बीमा पोलेसी त्याग ९सरेन्डर० भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा ९ हजार ७९८ बीमितले १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको बीमा पोलेसी त्याग गरेका हुन् ।

बीमितले निश्चित अवधि तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन थालेका छन् । यसले बीमितमा आफ्नो बीमा बापतको रकम तिर्न सक्ने क्षमता कम हुँदै आएको देखिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ वर्षपछि मात्रै पोलिसी सलेण्डर गर्न पाइन्छ । यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक वर्षदेखि बीमा सलेण्डर गर्न पाउने व्यवस्था तीन वर्ष पु¥याइएको बीमा प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको थियो । गत वर्ष १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको पोलिसी बन्द भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सरेन्डर सबैभन्दा धेरै देखिएको छ । एक महिनामै कम्पनीका ३ हजार ३२४ बीमितले ४७ करोड २३ लाख रुपैयाँको पोलेसी त्यागेका छन् ।

दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी० नेपालको रहेको छ । कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

सबैभन्दा कम पोलेसी त्याग्नेमा सन नेपाल लाइफका बीमित देखिएको छ । साउनमा यो कम्पनीका १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

सुर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् ।

सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।

आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बीमितमा देखिएकाले पनि पोलेसी त्याग गर्ने बढेका विज्ञ बताउँछन् ।

Must View