नागरिक पोष्ट News


विदेशी फिल्मका लागि नेपालमा प्रोटोकल लागू गर्नुपर्ने -अभिनेत्री स्वस्तिमा खड्का

602

काठमाडौं । अहिले हलमा नेपाली फिल्महरु ‘ऐंचोपैंचो’, ‘गणपति’ र कतिपयमा ‘जय हो’मा पनि प्रदर्शन भइरहेका छन् । हल वितरकले नै खरिद गरेर ल्याएको ‘जवान’को चेपुवामा आफ्नो फिल्म पर्न सक्ने त्रास उनीहरुमा छ । यस्तोमा उनीहरुले विदेशी फिल्मको वितरणबारे नै टिप्पणी गर्न थालेका छन् ।

‘ऐंचोपैंचो’को प्रवर्द्धनमा व्यस्त अभिनेत्री स्वस्तिमा खड्काले विदेशी फिल्मका लागि नेपालमा प्रोटोकल लागू गर्नुपर्ने बताएकी छन् । मिडिया कुराकानीमा उनले भनिन्, ‘हिन्दी फिल्म ल्याउने पनि हलकै सञ्चालक हुनुहुन्छ । विदेशी फिल्मका लागि प्रोटोकल लागू गर्नुपर्छ ।’

हलले शतप्रतिशत अकुपेन्सी पुर्‍याउन जोड दिने बताउँदै उनले भनिन्, ‘उहाँहरु आफैं हल चलाउनुहुन्छ । आफैंले फिल्म ल्याएपछि त ५० प्रतिशत अकुपेन्सी छ भने उहाँहरुले १०० प्रतिशत अकुपेन्सीको लागि जोड दिनुहुन्छ । यो सही वा गलत के हो, म पनि भन्न सक्दिन तर एक त हिन्दी फिल्म ल्याएपछि पेलिने नै भयो । त्यसमाथि जसले हल चलाउनुहुन्छ, उहाँहरुले नै ल्याएपछि हन्ड्रेड पर्सेन्ट नै हुने भयो ।’

स्वस्तिमासहित ऐंचोपैंचोका अन्य कलाकारले पनि विदेशी फिल्मले नेपालीलाई चेपुवामा पार्न नहुने बताएका थिए । अभिनेता राजाराम पौडेलले सरकारले राष्ट्रिय फिल्मलाई प्राथमिकता दिनुपर्ने बताए ।

Must View