नागरिक पोष्ट News


तारकेश्वरमा तिज गीत गायन प्रतियोगिता सम्पन्न

889

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा तारकेश्वरमा तिज गीत गायन प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य, काठमाडौं क्षेत्र नं। ६ ९२० का माननीय अमन मास्केको प्रमुख आतिथ्यतामा हिम रश्मी स्कुलमा भएको तिज विशेष गायन प्रतियोगितामा मानसिंह धर्म मा।वि। प्रथम भएको छ । त्यस्तै द्धितिय र तृतिय पुरस्कार पाउनेमा बालसृजना स्कुल र ज्ञानभूमि स्कुलले पाउन सफल भएको छ । चौंथो पुरस्कार भने रोजमेरी स्कुलले प्राप्त गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य अनन्त फुयाँलकाअनुसार प्रथम हुनेले नगद ५ हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय हुनेले नगद ४ हजारसहित, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । तृतिय हुनेले ३ हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । चौंथो हुनेले २ हजार नगदसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

पाँचौं, छैटौं र सातौं हुनेलाई आयोजक विद्यालय हिम रश्मी हाई स्कुलले ग्रामसेवा मा।वि।, रमाइलो पाठशाला र जितपुर मा।वि।लाई नगद एक–एक हजारसहित मायाँको चिनो प्रदान गरिएको थियो ।

बिजेता विद्यालयका गायन प्रतियोगितामा जित हासिल गरेका शिक्षकहरुलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको थियो ।

गायन प्रतियोगिताको निर्णायक मण्डलमा मनमैजु सांस्कृतिक समाजबाट अस्मिता धमला र गायक रामकुमार केसी रहेका थिए ।

कार्यक्रममा सहभागी तारकेश्वरका सामुदायिक र संस्थागत गरी २३ विद्यालयका शिक्षकहरुका लागि मञ्च व्यवस्थापन, दरको व्यवस्था हिम रश्मी स्कुलले नै गरेको थियो ।

कार्यक्रममा समाज रुपान्तरण सम्बन्धी गीतहरुलाई प्रस्तुत गरिएको थियो ।

Must View