कथाकार देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोर्कापण
3.1K
काठमाडौं । कथाकार देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरे ।
सार्वजनिक कविताकृतिमाथि चर्चा गर्दै प्रा.डा. भट्टराईले देविकाका कविताहरूमा आफ्नो समयविरुद्ध, शासकविरुद्धको आक्रोश तीव्र देखिएको बताए । उनका कवितामा अस्तित्ववादी चिन्तन पनि भेटिने बताउँदै डा. भट्टराईले संगृहित कविताहरूमा रचनाकाल उल्लेख भएको भए राम्रो हुने उल्लेख गरे ।
भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको सँगतको चर्चा गरे । कवि तिमिल्सिनाले यस कृतिमा अहिलेको समाज र समयलाई प्रतिविम्बित गर्ने कविताहरू मात्रै समेटिएको बताए ।