‘एक घर, एक विरुवा’ वितरण कार्यक्रम सञ्चालन
काठमाडौं । तारकेश्वर ९ मा ‘एक घर, एक बिरुवा’ वितरण कार्यक्रम सञ्चालन भएको छ । वडा कार्यालय प्राङ्गणबाट नयाँ बस्तीहरुमा उपभोक्ता समितिमार्फत् फलफुल र धुपीका बिरुवा वितरण गरिएको छ । त्यस्तै पुरानो बस्तीमा उपभोक्ता समितीबाट वितरण गरिने वडा अध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो ।
करीब तीन हजार भन्दा बढी विभिन्न फलफुलका बोटविरुवाहरु वडाका उपभोक्ता समिति मार्फत वितरण गर्दा सम्ब्धीत बस्तीमा पुग्ने र विरुवा वितरण गर्न सजिलो हुने वडा सदस्य उज्जवल अधिकारीले बताउनु भयो ।
हरियाली वडा निर्माण गर्नुका साथै जनताले आफ्नो घर आँगनमा बिरुवा रोप्ने ठाउँ नभएका टोलबासीले गमलामा समेत लगाएर खान मिल्ने कागती, अनार, आँप लगायतका फलफुलका विरुवा रहेका थिए । धुपी भने गमलामा भन्दा पनि खाली जग्गा भएको ठाउँमा लगाउन सकिनेछ ।
तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको विरुवा प्रत्येक जनताको घरमा पु¥याउने लक्ष्यअनुसार उपभोक्ता समितिमार्फत् वितरण गरिएको थियो । वडा कार्यालयमा तारकेश्वर ९ का जनप्रतिनिधिहरुले उपभोक्ता समितिलाई विरुवा वितरण गरेका थिए ।