नागरिक पोष्ट News


घर खर्च चलाउन सर्वेक्षण अनुसार ६२ प्रतिसत योगदान नेपाली गृह श्रमिकहोमको

735

काठमाडौँ ।  स्वरोजगारको रूपमा घरमा बसेर, सिलाई, बुनाई, इम्ब्रोइडरीलगायतका  सिपमुलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक(होम वेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिसत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ ।  होमनेट दक्षिण एसियाले नेपाल, भारत, पाकिस्तानमा गृह श्रमिकबारे ज्याला कार्ड(वेज कार्ड)मार्फत गरिएको सर्वेक्षणले सो कुरा स्पष्ट पारेको हो । 

होमनेट दक्षिण एसियाका सदस्य रिचा माक्सुडेनले यस सर्वेक्षणले नेपाल, भारत,पाकिस्तानलगायतका देशमा आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको सर्वेक्षणले देखाएको बताउनुभयो । उहाँले पाकिस्तानमा यस क्षेत्रमा २० वर्षभन्दा मुनिका श्रमिक संलग्न रहेको पाइएको बताउनुभयो ।   नेपाल ÷भारतमा भने ४४ प्रतिसत ३० देखि ४० वर्ष उमेर समुहका महिला÷पुरूषले गृह श्रमिकका रूपमा काम गर्दै अर्थतन्त्र बलियो बनाउन योगदान दिइरहेको सर्वेक्षणले जनाएको छ ।  होमनेट दक्षिण एसिया, श्रम तथा सामाजिक अध्ययन केन्द्र(क्लास नेपाल),होमनेट नेपालले मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले तारकेश्वर क्षेत्रमा रहेका गृह श्रमिक र अन्य श्रमिक सम्वन्धमा अभिलेख राख्न श्रम डेस्कको व्यवस्था गरेको जानकारी दिनुभयो ।  उहाँले सो क्षेत्रका गृह श्रमिकले उत्पादन गरेका विभिन्न सामग्रीको बजारीकरण गर्न विभिन्न पर्वलाई लक्ष्यित गरी मेलाको आयोजना गर्दै आएको बताउनुभयो ।  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले गृह श्रमिकको कामलाई सम्मान र बजारीकरण,सामाग्रीले उचित मुल्य पाउने वातावरण हुनुपर्ने बताउनुभयो ।

 सो अवसरमा होमनेट दक्षिण एशियाका क्षेत्रिय संयोजक सृष्टि जोशीले दक्षिण एशियाका गृह श्रमिकको पहिचान र श्रमको सम्मानका लागि संस्थाले नीतिगत पैरवीमा पनि जोड दिएको बताउनुभयो ।     श्रम तथा सामाजिक  अध्ययन केन्द्रका कोषाध्यक्ष गोमा पाण्डेले गृह श्रमिक सम्बन्धी हाते पुस्तक सम्वन्धमा जानकारी दिंदै असङ्गठित रूपमा काम गरिरहेका गृह श्रमिकको परिचय, गृहश्रमिकको विश्वव्यापी र राष्ट्रिय अवस्था, संविधान र आइएलओ अभिसन्धी बुँदा न.१७७ को जानकारीलगायतका विषय समेटिएको बताउनुभयो ।   समारोहमा उक्त पुस्तकको पनि लोकार्पण गरिएको थियो । होमनेट दक्षिण एसियाले गृह श्रमिकले स्वरोजगारको रुपमा आफ्नो घरमै सिप र श्रमको प्रयोग गरी सिलाई, बुनाई, बेतबाँस, माटा, काठ, ढुङ्गा, थाङ्का, ढाकाका कपडा, पोते, क्रिष्टलका सामाग्री, इम्ब्रोइडरी, मखमलका जुत्तालगायतका बस्तुहरू तयार गर्ने कामलाई गृह श्रमिकको पहिचानसहित टे«ेड युनियन र तथ्याङ्कका लागि सुचिकरण गर्नुपर्नेमा पैरवी गर्दै आएको छ ।

   

Must View