नागरिक पोष्ट News


एक महिनापछि चल्यो सदन

658

काठमाडौं ।  एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।

बुधबार दलहरूबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो । राष्ट्रिय दल मान्यता प्राप्त दलहरूको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ ।

 उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  जानकारी गराएका छन् ।

Must View