नागरिक पोष्ट News


काठमाडौंको भैंसी आतंक: भैसी अनियन्त्रित भएर बानेश्वरको ज्ञान निकेतन पसेपछि कोलाहल मच्चियो

1.5K

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । 

भैंसी धनी पनि पत्ता नलागेको र धनी पत्ता लागेमा खबर गर्न भनेर वरपरका प्रहरी युनिटहरुमा सर्कुलर गरिएको नयाँबानेश्वरका डिएसपी श्रीवास्तवले जानकारी दिए ।

काठमाडौंमा  यसअघि एउटा भैंसीले २०७१ साल मंसिरमा बुद्धनगरमा रहेको ह्याम्स अस्पतालभित्र प्रवेश गरेर आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो ।

२०७५ फागुनमा काठमाडौं चन्द्रागिरिको मच्छेगाउँमा एउटा राँगोले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । उक्त राँगोलाई लखेट्दै दहचोक पुर्‍याएर प्रहरीले गोली हानेर मारेको थियो ।

यसैगरी २०७६ असोजमा काठमाडौंको न्युरोडमा र २०७९ साउनमा चन्द्रागिरि नगरपालिकाकै गोदामचौरमा आतंक मच्चाएका राँगाहरुलाई प्रहरीले गोली हानेर मारेको थियो ।

Source - onlinekhabar

Must View