सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको छ : एमाले महासचिव पोखरेल
588
वीरेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको आरोप लगाएका छन् । सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले सरकारले नै सुनको धन्दा चलाइरहेको आरोप लगाएका हुन् ।
सरकारकै डिजाइनमा यस्ता प्रकरण भएको आरोप लगाउँदै उनले त्यही भएर आफ्नो पार्टीले संसद अवरुद्ध पारेको जिकिर गरे ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दापनि अमेरिकी दबाबका कारण अघि बढेको टिप्पणी गरे ।