नागरिक पोष्ट News


रेखा शाहको तीज गीतमा श्वेता र नीताको छमछमी

791

काठमाडौं । ‘सिमसिमे पानीमा’ बोलको गीतबाट प्रसिद्धी कमाएर गायनमा सधैं फरकपन प्रस्तुत गर्दै आइरहेकी गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तिजैको बरिलै’को अडियो र भिडियो सार्वजनिक गरेकी छिन् ।

टेकेन्द्र नेपालीको शब्द र सङ्गीत रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन छ । रुपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको नृत्य र अभिनय छ । दुई अभिनेतृसँगै गायिका शाहले पनि अभिनय गरेको गीतमा स्मृति तिमिल्सिनाको नृत्य निर्देशन र मिलन विश्वकर्माको सम्पादन छ ।

गत वर्ष ‘छमछम पातली कम्मर’ बोलको तीज गीतबाट सफलता प्राप्त गरेपछि उत्साहित भएकी गायिका शाह भन्छिन्, “मैले गीतको शब्द, सङ्गीतमा संस्कृति अनुसारको शालीनता र अभिनयमा नयाँपनका लागि ख्यातिप्राप्त अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानासँग काम गरेकी छु । यसको सफलतमा निकै विश्वस्त छु ।’

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Must View