नागरिक पोष्ट News


पर्यटनमन्त्री किरातीलाइ पितृशोक

665

काठमाडौँ  । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको  निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो १ उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निस्शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली १’

 

 

Must View