नागरिक पोष्ट News


वडाध्यक्ष मृत फेला। नगरपालिका सोक मग्न , हत्या वा आत्महत्या छानबिन हुन् बाकि

6K

नगरपालिका भित्रका हुने बेथितिको बिरुद्द बोल्ने एउटा आबाज बन्द भयो।  मुसिकोट नगरपालिका वडा न १ का वडाध्यक्ष घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनु भयो। 

वडाध्यक्ष घिमिरेको हत्या हो वा आत्महत्या छानबिन हुन् बाकि छ। तर एका बिहानै  वडाध्यक्ष घिमिरेको आफ्नो फेसबुक मार्फत  ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस बाहिरियो थियो। स्थानियहरु  यस कुरालाई हत्याराले  मोबाइल कब्जामा लिएर फेसबुकमा पोस्ट गरेको  हुन् सक्ने आशंका गरिरहेका छन्।  

शुक्रबार कार्यालय समयमा  घरबाट वडाको काममा निस्केका वडाध्यक्ष घिमिरे रातभर घर नफर्केको र बिहान एक्कासि दुखद खबर आएको  पारिवारिक स्रोतले जनाएको छ ।  घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

Must View