नागरिक पोष्ट News


एक नमुना अस्पतालको रुपमा सुर्यविनायक नगर अस्पताल 

6.1K

काठमाडौँ । अहिले सुर्यविनायक नगर अस्पताल एक नमुना अस्पतालको रुपमा चिनिन थालेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको तीन सय ९६ वटा अस्पतालमध्येको एक“सुर्यविनायक नगर अस्पताल हो । अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । सोे अस्पतालको पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

अस्पतालसम्म पुग्ने बाटोको सुविधा,अस्पताल प्रवेश गरेपछि सफा, हरियाली,फराकिलो खुला क्षेत्र साथै पार्र्किको व्यवस्था र अस्पतालमा पाइने उपचार सेवाका कारण सेवाग्राहीहरुको दिन प्रति दिन भिड लाग्न थालेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कोरोना महामारीको समयमा देशभर थप ३९६ वटा अस्पताल बनाउने घोषणा गरेकोमा सबैभन्दा पहिले सुर्यविनायक नगर अस्पताल उद्घाटन भएको हो, र तत्तकालीन समयमा कोरोना महामारी नियन्त्रणको लागि लक्ष्यित गरी बनाईए पनि नगर अस्पताल भएका कारण र अरनिको राजमार्गसँगै जोडिएको हुनाले स्थानीय र अन्य विरामीका लागि उक्त अस्पतालले सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरिरहेको एमाले नेता महेश बस्नेतले बताए ।  

अक्सिजन प्लान्टसहित सञ्चालन गर्दे आएको अस्पतालको लागि पाँच वटा भवन लगायतका आवश्यक पूर्वाधार निर्माण गरी सञ्चालनमा आएको  सूर्यविनायक नगर अस्पताललाई आगामी कार्ययोजनामा ९ करोड बजेट छुट्यार विभिन्न आधुनिक सेवा तथा सुविधा थप गर्ने योजना रहेको र सबैले अस्पतालको सेवा लिन सक्ने नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले बताए ।  

अरनिको राजमार्ग छेउमा पर्ने यो अस्पतालबाट नगरवासी मात्रै नभएर नगरबाहिरका मान्छे समेत लाभान्वित हुने विश्वास व्यक्त गर्दे  सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको र नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउदै आएको सूर्यविनायक ८ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए । 

अस्पतालमा ओपिडी, इमरजेन्सी, ल्याव, अक्सिजन प्लान्ट,फार्मेसी, भिडियो एक्सरे, युएसजी, स्वास्थ्य विमा सेवा, रेविज, कोरोना भाइरस विरूद्धको खोप, सहित सबैखालको खोपको सुविधा र गर्भपतनको सेवा सञ्चालित छन् । अस्पताल सञ्चालनमा आएको १७ महिनाको अवधिमा सूर्यविनायक नगर अस्पतालले प्रदान गर्ने सेवाप्रति सेवाग्राहीको प्रतिक्रिया सकारात्मक रहेको र अस्पतालमा एचडियु (हाइ डिफेन्सी युनिट) विशेष हेरचाह कक्ष र अफ्रेसन थिएटरसहित डेलीवरी सेवा सञ्चालनको तयारी भइरहेको समेत अस्तपतालका संयोजक डा। मोनिषा कार्कीले जानकारी गराईन् ।

त्यसैगरी नगरबासीका लागि नगरपालिकाले प्रति परिवार एकहजार रूपियाँ सहयोग गरी ९पाँचजना सदस्यका० लागि दुईहजार पाँचसयमा स्वास्थ्य विमाको व्यवस्था रहेको र उक्त विमाबाट प्रति परिवारले अस्पतालबाट एक लाख २० हजार रूपियाँ बराबरको उपचार सहयोगको लाभ उठाउँदै आएको सो अस्पतालका विमा शाखा प्रमुख रूपक वाग्लेले बताए ।

अस्पतालमा विभिन्न स्थानबाट सेवा लिन आएका विरामीहरु र विरामीहरुका आफन्तहरुको धारण अस्पताल प्रति सकारात्मक रहेको र अस्पतालले दिने सेवा चुस्त दुरुस्त र सहज भएको बताउँछन् । अस्पतालमा उपचार गर्न आएकी सत्यलक्ष्मी शिल्पकारले पाठेघर निकालिएकोले महिनाको एक पटक जाँच गर्न आउँछु, यहाँ निक्कै सजिलोसँग उपचार सेवा पाईने बताईन्न त्यस्तै गरी अस्पतालमा उपचार गर्न आएकी सूर्यविनायक–८, सिपाडोलकी सिता बस्नेतले घरपायक नगरअस्पतालको सेवाले निक्कै सजिलो र ढुक्क भएको बताईन्। त्यती मात्र मभएर अन्य अस्पतालमा लाइन बस्दैमा हैरान भईन्छ, साँघुरो पार्किङ, अँध्यारो कोठाहरूका कारण उपचार गर्न जाने मात्र होइन, कुरूवा समेत दिक्क भएर विरामी हुने अवस्था आउँछ भने नगर अस्पतालको वातावरणले आधा रोग सन्चो हुने अनुभव सेवाग्राहीहरुले सुनाए  ।

अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुको अनुुभवमा अस्पतालका जनस्वास्थ्य निरीक्षक अस्मिता किवानायोले नगर अस्पताल राजमार्गसँगै जोडिएकोले सडक दुर्घटनाबाट घाइते भएका विरामी समेत अस्पतालमा आउने र हाल पखाला,डेङ्गु, उच्च ज्वरोको विरामी बढि आइरहेको बताउदै गत आर्थिक वर्षमा ४४ सय जना विरामीले सुर्यविनायक नगर अस्पतालबाट सेवा लिएको जानकारी गराईन् । साथै व्यवस्थापन राम्रो भएकोले काम गर्न सजिलो भएको पनि सो अस्पतालमा कार्यरत कर्मचारीहरु बताए । 

अस्पताल वा चिकित्सालय तथा औषधालय मानव सभ्यताको आदिकाल देखि नै बन्दै आएका हुन। वेद र पुराणको अनुसार स्वयं भगवान्ले प्रथम चिकित्सकको रूपमा अवतार लिएका थिए । अचेल सरकारका विभिन्न तह, निकाय देखि निजी क्षेत्रका धेरै व्यक्ति, समुह तथा संस्थाहरु अस्पताल खोल्न तछाड मछाड गरिरहेका देखिन्छन्। अस्पताल खोल्न र संचालन गर्न सक्दै नसकिने कुरा पनि होइन तर सोचेजस्तो सजिलो पनि छैन। अस्पताल स्थापना गर्नुभन्दा दैनिक निरन्तर अस्पताल संचालन गर्न अत्यन्तै कठिन छ। 

अस्पताल ठुलो अठोट र निरन्तरको मेहेनतले मात्र चल्छ। र पुनःस्मरण गराउ अस्पताल जीवन मरणको लडाई लड्ने ठाँउ हो, त्यहाँ जुनसुकै बेला जो कोही पनि विरामी भएर जान सक्छौँ तसर्थ देशका सबै अस्पताल र अस्पतालले दिने सेवा सुविधा सुर्यविनायक नगर अस्पतालको जस्तै एक नमुना बनोस् र अस्पतालले आगामी दिनमा अझ बढी सेवाहरु प्रदान गरोस् ।

     

Must View